दमकमा एक बालक मृत फेला

,   लिम्बुवान न्युज
                       

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् ।

सुमन धिमाल र शुष्मा धिमालका कान्छा छोरा रमन सोमबार पौडी खेल्न गएका थिए । उनी घर नफर्केपछि परिवारले रातभर खोजी गरेका थिए । आज बिहान स्थानीय अर्नाखाडीमा रमनको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

इप्रका दमकका अनुसार बालकको शव दमक–४ र ९ को सीमानामा पर्ने सानो अर्नाखाडी, बेतीनि र भुतुरे खोलाको दोभानमा बिहान ५ः३० बजे फेला परेको हो ।

बालक हराएको सूचना पाएपछि राति नै खोजी कार्य अघि बढाइएको थियो । शव भेटिएपछि आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इप्रका दमकले उल्लेख गरेको छ ।

स्थानीयवासीले घटना प्रति गहिरो दुःख व्यक्त गरेका छन् भने रमनको परिवारमा शोकको वातावरण छ। गर्मीयाममा खुला खोलानाला र खाडीहरुमा बालबालिकाको सुरक्षाको विषयमा सचेतना आवश्यक रहेको भन्दै स्थानियहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;