कैलाली बरबट्टामा संघीय मञ्चको ३ संगठन उदय

 लिम्बुवान न्युज
                       

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतकाे गैरभौगोलिक प्रान्त संघीय दलित शिल्पी मञ्चमा प्रवेशको लहर नै चलेको छ । आज दलित शिल्पी मञ्चले बरबट्टा, गोदावारीमा गरेको राजनीतिक अन्तरक्रिया कार्यक्रममा संघीय मञ्चको राजनीतिक एजेण्डा माथि छलफल गर्ने क्रममा ३ समितिहरुको तदर्थ समिति गठन भएको हो ।

संघीय मञ्चको मेचीकाली अभियान स्वरुप कैलालीमा अत्यन्तै राम्रो संगठन निर्माण समेत भईरहेको मञ्चले जनाएको छ । विशेषत मञ्चको १०+१ प्रान्तीय मञ्चको अवधारणामा गैरभौगोलिक प्रान्त दलित शिल्पी मञ्चमा दलितहरुले चासो देखाउन थालेको मञ्चको पछिल्लो विश्लेषण रहेको छ ।

दलित शिल्पी मञ्चकी महासचिव शर्मिला वागचन्दले दलितहरु माथिको विभेद अन्त्यको निमित्त मञ्चले बनाएको राजनीतिक एजेण्डामा दलितहरु सहमत भएको हुँदा मञ्चमा आकर्षण बढेको बताइन् ।

आज मञ्चले आयोजना गरेको कार्यक्रममा जय सिंह विकको अध्यक्षतामा संघीय दलित शिल्पी मञ्च, बरवट्टा, गोदावारी तदर्थ समिति गठन भएको छ । उक्त समितिको सचिवमा आकाश नेपाली चयन भएका छन् भने सदस्यहरुमा शंकर सिंह दमाई, सेते बहादुर विक, मोहन परियार, निलेश परियार, राजेश देवकर, देव दमाई, मुकेश परियार, राजेश परियार, विनोद परियार, सागर देवकर, इन्द्र बहादुर विक, महेश परियार, विमल नेपाली, डवल नेपाली, सन्तोषी पाँचकोटी, राजेश विक र घनश्याम विक रहेका छन् ।

यसरी नै सोही कार्यक्रममा संघीय दलित शिल्पी महिला मञ्चको इन्दिरा सेन भुरुङ्गेलीकोे संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ । समितको सचिवमा रेनुका गहतराज चयन भएकी छन् भने सदस्यहरुमा रेखा नेपाली, शिला परियार, शान्ता नेपाली, मन नेपाली, लक्ष्मी नेपाली, फरिस्ता नेपाली, प्रिया परियार, काजल परियार, मनिषा लोहार, सुजता बि.क., तारा नेपाली, रुपा नेपाली, बिनिता नेपाली, शर्मिला नेपाली र सुनिता बिक छन् ।

कार्यक्रममा संघीय विद्यार्थी यनियनको गोदावारी तदर्थ समिति बिनोद नेपालीको संयोजकत्वमा गठन भएको छ । समितिको सदस्यहरुमा राजकुमार परियार, सागर नेपाली, मनिसा नेपाली, विन्दु नेपाली, एकेन्द्र नेपाली, उर्मिला नेपाली, आरती नेपाली, मनोज नेपाली, छत्र साउद, सम्झना नेपाली, झर्ना नेपाली, रेखा नेपाली, अक्षेता नेपाली, हिमाल नेपाली, रवि आहुजी, राहूल परिवार, फरिस्ता नेपाली, नविन नेपाली, पवन नेपाली, रोशन नेपाली, पारश नेपाली, मनोज नेपाली र कल्पना नेपाली चयन भएका छन् ।

संघीय मञ्चको मेचीकाली अभियान अन्तर्गत यतिबेला पश्चिममा कार्यक्रमहरु भईरहेको मञ्चको सचिवालयले जनाएको छ । मञ्चले हालैमात्र प्रकाशन गरेको मञ्चको दस्तावेज ‘राजनीतिक एजेण्डा’ लाई गाउँगाउँ पुर्याउने लक्ष्यका साथ मञ्च सो अभियानमा निस्किएको मञ्चका अर्थ संयोजक विष्णु यक्सो बताउँछन् ।

यतिबेला प्रधानमन्त्री केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध नेकपा प्रचण्ड र माधव पक्ष, प्रतिपक्षी नेपाली कांग्रेस र अर्को ठूलो दल जनता समाजवादी पार्टी राष्ट्रिय व्यापी आन्दोलन हाक्न सडकमा उत्रिएको छ भने सानो दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मेचीकाली अभियान बोकेर पश्चिममा पहिचानको राजनीति मलजल गरिरहेको देखिन्छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...