साझा प्रकाशन अध्यक्षमा डा. विजय सुब्बा विजयी

 लिम्बुवान न्युज
                       

काठमाडौँ। साझा प्रकाशनको २४औँ साधारणसभाबाट सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा विजयी भएका छन् ।

नेकपा नेता एवं साहित्यकार डा. सुब्बाले ४१२ मत प्राप्त गरेका थिए । उनको डा. जीवनचन्द्र कोइरालाले भने १८३ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले जानकारी दिएका छन् ।

यही पुस २१ देखि २४ गते सम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको हो । निर्वाचनका प्रत्यासी अध्यक्ष दुवै जना प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन् । संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलो पटक निर्वाचन भएको हो । विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्त गरिन्थ्यो । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।

१ हजार ४५७ मतदाता रहेको प्रकाशनमा ६४३ मत खस्दा ४८ मत बदर भएको थियो । यसैगरी संचालक समिति सदस्यहरुमा यसअघि हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए ।

आज शनिबार भर्चुअल माध्यमबाटा हुने साधारणसभामा आर्थिक वर्षका प्रगति प्रतिवेदन प्रस्तुत र छलफल हुने बताइएको छ ।

संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एक–एक सहसचिव रहनेछन् भने एक विज्ञ सदस्य भने नेपाल सरकारले नियुक्त गर्ने प्रावधान रहेको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...