गौरीगंगा कैलालीमा संघीय मञ्चको अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चले गौरीगंगा राजीपुरमा राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम त्यहाँ रहेको उत्पीडित समन्वय मञ्चको समन्वयमा भएको हो ।

गौरीगंगामा राजनीतिक पार्टीलाई निशेष गरिएको भएपनि मञ्चको १०+१ प्रान्तीय मञ्चको अवधारणा अन्तर्गत संघीय दलित शिल्पी मञ्चलाई गैरभौगोलिक प्रान्तको रुपमा मञ्चले अवधारणा बनाएर दलित शिल्पी जातीहरुमाथि गरेको सम्मानले त्यसक्षेत्रमा प्रवेश गर्न सहज भएको दलित शिल्पी मञ्चका महासचिव शर्मिला वागचन्दले बताइन् ।

सो क्षेत्रका सबै अगुवाहरुलाई मञ्चको राजनीतिक एजेण्डा प्रदान गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा मञ्चको मेचीकाली अभियानका प्रमुख मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले मञ्चको अवधारणा प्रष्ट्याउनु भयो । अध्यक्ष लिङ्देनले–‘वर्तमान नेकपा सरकार र प्रतिपक्षी नेपाली कांग्रेसबाट दलित मुक्ति असम्भव भएको भन्दै सम्पूर्ण दलितहरुलाई मुक्ति र अधिकारको निमित्त मञ्चमा आवद्ध हुन आग्रह गरेका छन् ।’

उक्त राजनैतिक भेटघाट तथा अन्रक्रिया कार्यक्रममा मञ्चका संघीय अर्थसंयोजक विष्णु यक्सो, संघीय सचिवद्वय शान्ता योङ्हाङ्, इन्दीरा मेन्याङ्बो, अर्थ सचिव दिपा लिम्बु, संघीय सदस्यहरु चन्द्र लावासा कन्दङ्वा, सुर्य लिम्बु त्यसैगरी दलित शिल्पी मञ्चकी महासचिव शर्मिला वागचन्द्र लगायत नेताहरुको सहभागिता रहेको थियो ।

यसैगरी झापाको शिवसताक्षी १० को मिरमिरे टोलमा सोनिराम ऋषिदेवको अध्यक्षतामा १५ सदस्यीय संघीय लिम्बुवान मञ्च, नेपाल टोल समिति गठन भएको छ । कार्यक्रम युवा नेता बादल राईको सक्रियतामा केन्द्रीय नेताहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...