लिम्बुवान मञ्चले सिसिओ अभियान शुरु गर्ने

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले पुषको मसान्तदेखि सिसिओ अभियान शुरु गर्ने भएको छ । आज मञ्चको दमकमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

देशको वर्तमान राजनीतिक घटनाक्रमले मञ्चमाथि आक्रमण भईरहेको हुँदा त्यसलाई रोक्न समेत मञ्चले यस्तो कार्यक्रम सार्वजनिक गरेको हो ।

अभियान कन्ट्याक, काउन्सिलिङ र ओर्गनाइजेन नाम दिइएको उक्त कार्यक्रममा मञ्चको दस्तावेजको रुपमा प्रकाशन भएको राजनीतिक एजेण्डालाई लिम्बुवानको प्रत्येक घरमा पु¥याउने लक्ष्य रहेको मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले बताउनु भएको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत लिम्बुवानमा शसक्त सांगठानिक सुदृढिकरण सहितको कार्यक्रम गर्न लागिएको बरिष्ठ उपाध्यक्ष गुरुङ्ले बताउनु भयो ।

लिम्बुवानले झापा, मोरङ् र सुनसरीमा सय/सय वटा कार्यक्रम, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाममा पचास/पचास वटा कार्यक्रम गर्ने जनाएको छ । सिसिओ अभियानको रुपमा गाउँगाउँका जनताहरुसँग जनसम्पर्क गर्ने, लिम्बुवान मञ्च सम्बन्धी आफ्नो धारणा राख्ने र मञ्चको संगठन मजबुत गरेर लाने मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले बताए ।

संघीय मञ्चको मेचीकाली राष्ट्रिय अभियानका संयोजक मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराक लगायतका नेताहरु पश्चिममा निरन्तर कार्यक्रम गरिरहँदा लिम्बुवानमा लिम्बुवान मञ्चले राजनीतिक गतिविधिलाई निरन्तरता दिनलाई पनि यो कार्यक्रम घोषणा गरिएको उपाध्यक्ष इम्बुङ् बताउनु हुन्छ ।

आज बसेको लिम्बुवानको आकस्मिक बसेको बैठकले वर्तमान प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक, आलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै विरोध गरेको छ ।

साथै कोरोना संक्रमणका कारण मञ्चले केन्द्रीय नेताहरुलाई राजनीतिक प्रशिक्षण दिन नसकिरहेको हुँदा भरच्यूल माध्यबाट राजनीतिक प्रशिक्षण दिने बताइएको छ ।

 

 

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...