छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

,   लिम्बुवान न्युज
                       

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा ५० लाख मत कटाएसँगै रास्वपा दुईतिहाई नजिक पुगेको छ ।
यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ भने समानुपातिकमा १७ लाख ५ हजार ३८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा एमालेले ९ सिट प्रत्यक्ष जितेको छ भने समानुपातिकमा १४ लाख २० हजार ८९३ मत पाएको छ ।
१७ वटा भन्दै धेरै पार्टीहरु एकीकरण गरेर बनेको नेपाली कम्यूनिस्ट पार्टी (नेकपा)ले ७ वटा प्रत्यक्ष जितेको छ भने एउटामा जित घोषणा गर्न बाँकी रहेको छ, उसले चौथो दलको रुपमा रहेर समानुपातिकमा ७ लाख ७५ हजार ५३ मत पाएको छ । पूर्वमा ४ महिनामै शसक्त रुपमा उदाएको हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ सिट जित्दै समानुपातिकमा ३ लाख ६२ हजार १७४ मत पाएर पाँचौं स्थानमा रहेको छ । यसरी नै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १ सिट जित्दै छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको छ । हालसम्म उसले समानुपातिकमा ३ लाख २६ हजार १७४ मत पाएको छ ।
समानुपातिकतर्फ हालसम्म एक करोड ४ लाख ९५ हजार २१८ मतगणना भएको छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।

 

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;