किरणले ल्याए दिपक र डम्बरको स्वरमा ‘याःराक्मा हौं’

 लिम्बुवान न्युज
                       

काठमाडौं। सफल निर्देशक किरण चाम्लिङ राईले गायक दिपक लिम्बु र गायक डम्बर नेपालीको मीठो स्वरमा सजिएको “याः राक्मा हौ” गीत ल्याएका छन् । गीतको भिडियोलाई यूट्यूबबाट सार्वजनिक गरिएको हो ।

कान्छा बाजेको शब्द अनि डम्बर नेपालीको संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा कुशल थापाको रेकर्डिङ र साजन शाहले मिक्सिङ साथै मास्टरिङ गरेका हुन् ।

द नाइसेन्स फ्लानक्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा गायक द्वय दिपक लिम्बु र डम्बर नेपालीको साथमा र एलिजा तुम्बापोको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा भुपेन्द्र तुम्बाहाङ्फेको छायांकन अनि अनिल रानाको सम्पादन रहेको छ ।

लिम्बु जातीहरुको धान नाँचलाई लिम्बुभाषामा याःराक्मा भनिन्छ । सोही शैलीमा रोमान्टिक भिडियोलाई नेपाली टिपिकल शब्दमा तयार पारिएको गीतको भिडियो रातोपुलस्थित रक हाउसमा एक समारोह गरि औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

भिडियाे हेर्नुहाेस्ः

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...