कैलाली गैडाखोलामा संघीय मञ्चको अन्तरक्रिया, संयोजकमा याम बहादुर मगर

 लिम्बुवान न्युज
                       

कैलाली। यहाँस्थित गैडाखोलामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चको मेचीकाली अभियान अन्तर्गत आज उक्त स्थानमा भएको कार्यक्रममा मञ्चको तदर्थ समिति याम बहादुर मर्सायाङ्दी मगरको संयोजकत्मा गठन भएको छ ।

अभियानले पुष १४ गते देखि निरन्तर कार्यक्रमहरु गरिरहेदाँ आज गैडाखेडामा भएको राजनीतिक एजेण्डा वितरणका साथै भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा तदर्थ समिति गठन भएको मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्ले बताएकि छन् ।

उक्त भेलाले तदर्थ समितिको सदस्यहरुमा याम बहादुर राना मगर, धन सिंह बडाल, दिपिका रावल, आरती गिरी, दल बहादुर ठगुन्ना, सुनिल ठगुन्ना, मन बहादुर डम्बरपाल मगर, धनसारा ग्रन्जा मगर, गोपाल ठगुन्ना र प्रेम रावल चयन भएका छन् ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...