धिमाल जातीय विकासको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक। धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् । सो केन्द्रको मोरङको उर्लावारी –३ मंगलवारेस्थित आफनै सभाहलहमा सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका लोकबहादुरको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

२०४७ सालमा स्थापित सो केन्द्र धिमाल समुदायको एक मात्र जातिय सामाजिक संस्था हो ।

सर्वसम्मत निर्वाचित समितिको सहअध्यक्षहरुमा कृष्णबहादुर र अम्बरबहादुर धिमाल, वरिष्ठ उपाध्यक्षमा नम्बरलाल धिमाल र पाँच जना उपाध्यक्षहरुमा क्रमशः वर्तबहादुर, केदार, खड्गबहादुर, शान्तिदेवी र कविराज धिमाल चुनिएका छन् । त्यस्तै, महाधिबेशनले केन्द्रको महासचिवमा मातृका धिमाल,सचिवद्वयमा रुकमणि र गिरीराज धिमाल तथा कोषाध्यक्षमा रत्नबहादुर धिमाल निर्वाचित भएका छन् ।

त्यसैगरी प्रतिष्ठान तथा परियोजना सञ्चालन विभाग प्रमुखमा तारिलाल धिमाल, प्रथा जनित कानून, न्याय अनुसन्धान तथा अनुगमन विभाग प्रमुखमा कुमार धिमाल, खोज, अनुसन्धान, भाषा तथा संस्कृति विभाग प्रमुखमा बुद्धिलाल धिमाल, प्रशिक्षक, प्रशिक्षण तथा संगठन विभाग प्रमुखमा अजितकुमार धिमाल, सहकारी विभाग प्रमुखमा मणीराज धिमाल र महिला विभाग प्रमुखमा पम्फा धिमाल निर्वाचित भएका छन् ।

साथै महाधिवेशनबाट २२ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामबहादुर धिमालले वताए । उनका अनुसार केन्द्रीय सदस्यहरुमा दयाराम, गंगाराम, गीता, सविता, तिलक, प्रथम, लेखलाल, मोहन, हरिप्रसाद, नारायण, मुखमेल, प्रतिमा, रत्निमाया, गजेन्द्र, नेत्रकुमारी, प्रदिप, सुरेन्द्र, विक्रेन्द्र, सुनिल, खगेन्द्र, मञ्जु र रोमान्सी धिमाल चुनिएका छन् ।

पूर्वको झापा र मोरङमा मात्र बसोबास रहेका आदिवासी धिमाल समुदाय करिव ५० हजारका हाराहारीमा रहेको अनुमान छ । तर २०६८ को जनगणनामा भने धिमालहरुको जनसंख्या २६ हजार २ सय ९८ मात्र रहेको उल्लेख छ ।

केन्द्रले आज पत्रकार सम्मेलन गरेर ९ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको छः

घोषणापत्र जस्ताको त्यस्तैः

१. राजनीतिः नेपालको संविधान २०७२ को धारा ५६ को उपधारा ५ अनुसार धिमाल स्वायत्त क्षेत्र प्राप्तिका लागि मातहतका सबै समितिहरुलाई परिचालन गर्नुका साथै अन्य जातीय संस्था, राजनैतिक दल तथा सरकारसँग छलफल र पहल गर्ने ।
२. शैक्षिक सवालः धिमाल स्वायत्त क्षेत्र भित्र रहेका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरुमा धिमाल भाषाको पठन पाठन गर्न स्थानिय निकायसँग सम्वाद, छलफल गरि कार्यान्वयनका लागि दवाव दिने, साथै परियोजना स्थल भित्र भाषा तथा प्राविधिक विद्यालय संचालन गर्ने ।
३. आर्थिक सम्वृद्धिः धिमाल समुदायलाई आर्थिक रुपमा सक्षम तथा सवल बनाउन धिमाल गाउँ÷टोलहरुमा सञ्चालित रहेका स–साना वचत समूह, सहकारीहरुलाई मर्ज गरि बृहत सहकारी स्थापना गरी लगानीका कार्य शुरुवात गर्न, साथै धिमाल राहत कोष निर्माणका लागि सबैलाई आर्थिक सहयोगको अपिल गर्ने ।
४. पर्यटकीय सवालः धिमालहरुको उद्गम स्थल लेटाङको राजारानी, झापाको विर्तामोड स्थित गोही (धिमाल गढ) को संरक्षण तथा पर्यटकिय स्थलको रुपमा विकास गर्ने, साथै धिमाल परियोजना स्थलमा धिमालहरुको सांस्कृतिक संग्राहलय निर्माण गर्ने र हरेक गाउँ टोलमा रहेका ग्रामथानको मर्मत तथा संरक्षण साथै जग्गाको स्वामित्वका लागि पहलकदमी लिने ।
५. प्रथाजनित कानूनः धिमालहरुको प्रथाजनित कानूनलाई स्थापित र जीवन्त राख्न न्याय विभा मार्फत सकृत तथा सक्षम बनाउने, साथै सामाजिक रितिरिवाज सम्बन्धमा गाउँ÷टोल सम्म नै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम चलाउने ।
६. युवा र रोजगारः विभिन्न विषयहरुमा सिपमुलक विज्ञ तथा दक्ष जनशत्ति उत्पादनका लागि पहलकदमि लिने साथै धिमाल महिलाहरुको शसक्तिकरण गर्नका लागि चरणबद्ध काम गर्ने ।
७. संस्कृति तथा मितव्यायिताः धिमाल समुदायले आफ्नो परम्परागत धर्म, संस्कृति सामाजिक प्रचलन र मुल्य मान्यताहरु अवलम्बन गर्दा कम खर्चमा हाम्रो परम्परागत संस्कृतिको संरक्षण हुने र आर्थिक बोझ पनि नपर्ने गरि गर्ने गराउने तर्फ संस्थागत रुपमा पहल गरि चेतना अभिवृद्धि गर्ने गराउने कार्यमा सक्रियताका साथ काम गर्ने ।
८. परियोजना सञ्चालनः धिमाल जातीय विकास केन्द्रको मातहतमा रहेको धिमाल परियोजना स्थलको स्वामित्व ग्रहणका लागि नेपाल सरकारसँग पहल गर्ने साथै गुरु योजना निर्माण गरि प्रतिष्ठान तथा परियोजना सञ्चालन विभाग मार्फत विभिन्न समितिहरु निर्माण गरि आवश्यक तयारीका साथ काम सुचारु गर्ने ।
९. हरेक बर्षको असार २ गते धिमालहरुको राष्ट्रिय पर्व–जातिरी तथा सिरीजातमा प्रदेश नं. १ स्तरिय सार्वजनिक विदाको लागि पहल गर्ने ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...