दाङको घोराहीमा संघीय मञ्चको अन्तरक्रिया, संयोजकमा नक्षेत्र बहादुर बिक

 लिम्बुवान न्युज
                       

दाङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दाङको घोराहीमा राजनैतिक भेटघाट एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मञ्चको मेचीकाली अभियान अन्तरर्गत आज (आइतबार) सो कार्यक्रम आयोजना गरिएको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमलाई संघीय मञ्च सम्बद्ध १०+१ अन्तर्गत संघीय दलित शिल्पी मञ्चको विशेष पहलमा सो राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

मञ्चको ४ बर्षे राजनैतिक कार्यक्रम अन्तर्गत मेचीकाली राष्ट्रिय जागरण अभियानबाट मञ्चले आफ्नो दस्तावेज राजनीतिक एजेण्डालाई पुस्तकको रुपमा प्रकाशन गरेर देशका सबै प्रान्त तथा क्षेत्रहरुमा पु¥याउने लक्ष्यका साथ मेचीकाली अभियान शुरु गरिएको संघीय अध्यक्ष लिङ्देनले बताएका छन् ।
“अब देशमा नयाँ राजनीति दलको आवश्यकता भएको छ त्यो दल भनेको पहिचानवादी, संघीयवादी, सह–अस्तित्ववादी, धर्मनिरपेक्षतावादी र सबै जाती, भाषा, समुदाय र वर्गलाई समेटेर लान सक्ने विचार भएको पार्टीको आवश्यकता भएको हुँदा संघीय मञ्चले मात्र त्यो पुरा गर्ने भनेका छन्”– अध्यक्ष लिङ्देनले भने । उनले विशेष गरेर युवाहरुको भूमिका राष्ट्रिय निर्माणमा महत्वपूर्ण भूमिका हुनेभएको हुँदा आम युवाहरुले अब विचार गरेर मात्र अघि बढ्न आग्रह गरेका छन् ।

उक्त अन्तरक्रिया कार्यक्रमले नक्षेत्र बहादुर बिकको संयोजकत्वमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च घोराही तदर्थ समिति समेत बनेकोे छ । समितिको सदस्यहरुमा लाल बहादुर नेपाली, गुरु प्रसाद नेपाली, मिलन नेपाली, श्रीराम दमाई, माधवा श्रेष्ठ नेपाली, गीता सुनार, सुमित्रा नेपाली, सिवा रोक्का, किरनी रोक्का, सुमित्रा घर्ती, सुमीत्रा पुन, अमृता गुरुङ, गंगा पुन, राजकुमार चौधरी, रोशन चौधरी र सृजना चौधरीलाई चयन गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा मञ्चका संघीय अर्थ संयोजक विष्णु यक्सो, संघीय सचिवहरु शान्ता योङ्हाङ्, इन्दीरा मेन्याङ्बो, संघीय अर्थ सचिव दिपा लिम्बु, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, संघीय दलित शिल्पी मञ्चका महासचिव शान्ता वागचन्द लगायत मेचीकाली अभियानका नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...