बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाइदैं

 लिम्बुवान न्युज
                       

झापा। झापाको व्यस्त शहर विर्तामोडमा चौथो राष्ट्रिय भक्का दिवस भव्य रुपले मनाउने बताइएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस बताइएको छ ।

बिर्तामोड स्थित नवनिर्मित सिटीसेन्टरको प्राङ्गणमा कोच लोक साँस्कृतिक कार्यक्रमसहित भाक्का दिवस मनाइने कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।

यस संस्थाले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाउँदै आएको छ ।

कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने चलन पछिल्लो समय सबै जातिको लोकप्रिय बनेपछि भाक्काको प्रवद्र्धन गर्न कोचिला गाभुर फ्रन्ट सामाजिक संस्थाले पुस २९ गते ‘राष्ट्रिय भाक्का दिवस’ मनाउन थालिएको अध्यक्ष राजवंशीले बताएका छन् ।

सिटीसेन्टरमा बिहान ८ वजेदेखि हुने चौथो राष्ट्रिय भाक्का दिवस कार्यक्रममा भाक्काको विभिन्न परिकार खुवाइनुका साथै कोच लोक साँस्कृतिक कार्यक्रमद्वारा मनोरञ्जन प्रदान गरिने अध्यक्ष राजवंशीले बताएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...