नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटीमा जसको बहुमत छ उही आधिकारिक

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपाको ४४१ केन्द्रीय सदस्य मध्ये जोसँग बहुमत पुग्छ उ नै आधिकारिक हुने पूर्व प्रमुख निर्वाचित आयुक्त निल कण्ठ उप्रेतीले बताएका छन् ।  पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आयोगलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता निर्कयौल हुने बताएका छन् ।

हिमालय टेलिभिजनद्वारा प्रशारण हुने कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उप्रेतीले आफ्नो आधिकारिक परिचय पत्रसहित आएका केन्द्रीय सदस्यको बहुमत जता छ उसैले नेकपाको नाम, चुनाव चिन्ह र झण्डा पाउने कानुनी प्रक्रिया र यसअघिको प्रचलन रहेको बताएका छन् ।

नेकपाका दुवै समूहले आफू आधिकारिक भएको दाबी गरेर नहुने भन्दै उनले निर्वाचन आयोगमा दर्ता गराइएको विवरणमा ४ सय ४१ केन्द्रीय सदस्य रहेको र त्यसैको बहुमत जोसँग छ उही आधिकारिक हुने बताएका छन् ।

प्रचण्ड–नेपाल पक्षले विधान अनुसार ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा २ सय ९५ रहेको दावी गरिरहँदा उता ओली पक्षले भने नेकपाको विधान विपरीत केन्द्रीय सदस्य विस्तार गरेर १५ सय १ सदस्यीय बनाएकोछ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...