किरात समुदायको कक्फेवा तङ्नाम र थारुहरुको माघीपर्व धुमधाम मनाइदैं

 लिम्बुवान न्युज
                       

दमक। आज माघ १ गते मक्कर संक्रान्ति अथवा किरातीहरुको यले तङ्बे ५०८१ नयाँ बर्ष मान्ने प्रचलन छ भने आज लिम्बु समुदायहरुले कक्फेवा तङ्नामलाई सांस्कृतिक चार्डको रुपमा मान्ने गर्दछन् । त्यसैगरी माघी पर्वको रुपमा आज थारु समुदायहरुले पनि हर्सोल्लासका साथ यो चार्ड मनाउने गर्छन् ।

किरातीहरुमा आजको दिन विभिन्न नदीहरुमा गएर मक्कर नुहाउने अनि मौसमी फलफूल, तरुल लगायतका खानेकुराहरु बनाएर खाने र रमाईलो गर्ने चलन रहेको छ । त्यसैगरी पूर्वकै चर्चित कन्काई माईमा आज हिन्दुधर्मावलम्बीहरुको पनि भिड लाग्ने गरेको छ । यो बर्ष मेला नलगाउने जिल्ला प्रशासन झापाले जनाएको छ भने किरात धर्मावलम्बीहरुले पनि कन्काई नदी किनारको फुलुङ्गी, लगायत विभिन्न धार्मिक क्षेत्रमा मानाउँदै आइरहेको यो चार्ड कोरोनाका कारण नहुने जनाएका छन् ।

किराती जातीले मान्दै आएको नयाँ बर्ष आजबाट शुरु भएको छ । किरातीहरुको प्रथम राजा यलम्बरलाई आधार मान्दै किरातीहरुले आफ्नो छुट्टै सम्वत् निर्धारण गरिएको जानकारहरु बताउँछन् । आजभन्दा पाँचहजार बर्ष अघि किराती राजा यलम्बरले नेपालमा शासन गरेको इतिहास पाइन्छ ।

यसैगरी थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व शुरु भएको छ । आजबाट ५ दिनसम्म थारुहरुले धुमधामका साथ यो पर्वलाई मान्ने गरेका छन् । बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने थारू परम्परा रहेको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

आज थारु गाउँमा मुखियाँ चुन्ने परम्परा पनि छ । आज चुनिएका मुखियाँ अर्को बर्षसम्म चुनिएका हुन्छन् र पुनः नयाँ परिवर्तन गर्ने चलन यि जातीहरुको रहेको छ । चुनिएका मुखियाँले गरेको सहमति १ बर्षसम्म मान्नु पर्ने हुन्छ । यो प्रथालाई थारुहरुले माघी देवानी भन्छन् ।

थारुहरुले पुषमै चामल र मासको दालले बनेको खिचडी आज खाने परम्प्रा छ । माघीको साइतमा बसाईसराई, विवाह र यात्रा नगर्ने चलन पनि थारुहरुको रहेको छ ।

नेपाल सरकारले वि.सं. २०७२ साउन २ गते कमैया प्रथा उन्मूलन निर्णय गरेर सँगै माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । त्यसपछि हाल माघ १ गतेका दिन थारू समुदायले अझ बृहतरुपमा माघी पर्व मनाउन थालेका छन् ।

सम्बन्धित समाचार

तीन मन्त्रीको टुंगो लाग्योः अर्थमा रामेश्वर, गृहमा ओमप्रकाश र उर्जामा कुलमान

ललितपुर, २९ भदौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जामा कुलमान घिसिङको...

युथ इन्डिजिनिष्ट लिगले जेनजीको सुरक्षा गर्ने

ललितपुर,२९ भदाैं । युथ इन्डिजिनिष्ट लिग (वाईआईएल)ले देशमा हालै भएको राजनीतिक परिवर्तनलाई पूर्ण रूपमा स्वागत गर्ने घोषणा गरेको छ। संगठनले यो प्रक्रियामा अग्रणी भूमिका खेलेका जेनजीहरूको नेतृत्व तथा योगदानप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गरेको...

शुसीला कार्कीले प्रधानमन्त्रीकाे लिइन् सपथ

काठमाडाैं, २७ भदाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ६१ बमोजिम नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति  पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो...

गृहमन्त्री लेखकले दिए राजीनामा

ललितपुर, २३ भदाैं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका...