युथ इन्डिजिनिष्ट लिगले जेनजीको सुरक्षा गर्ने

 लिम्बुवान न्युज
                       

ललितपुर,२९ भदाैं । युथ इन्डिजिनिष्ट लिग (वाईआईएल)ले देशमा हालै भएको राजनीतिक परिवर्तनलाई पूर्ण रूपमा स्वागत गर्ने घोषणा गरेको छ। संगठनले यो प्रक्रियामा अग्रणी भूमिका खेलेका जेनजीहरूको नेतृत्व तथा योगदानप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गरेको छ।

वाईआईएलका संयोजक सनम लिम्बूले जारी गरेको वक्तव्यमा हालै भएको जनआन्दोलनका क्रममा सहिद भएका क्रान्तिकारी सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवारप्रति गहिरो संवेदना व्यक्त गरिएको छ। साथै सहिदहरूको बलिदानलाई व्यर्थ हुन नदिई सफलतापूर्वक सम्पन्न नेपाली सेनालगायतका सुरक्षाकर्मीहरूको योगदानलाई उच्च प्रशंसा गरिएको छ।

 

जेनजी पुस्ताले विगतका संगठनहरू नेविसंघ, वाईसिएल, युवा संगठनलगायत अन्य समूहहरूको ऐतिहासिक योगदानलाई स्मरण गर्दै नयाँ पुस्ता जेनजीले देशलाई क्रान्तिकारी मार्गतर्फ अघि बढाउन सक्ने सामर्थ्य राख्ने विश्वास व्यक्त गरेको छ। संगठनले आफूलाई  जनताबाट अस्वीकृत भ्र्ष्ट, असफल, परनिर्भरवादी कम्युनिष्ट र शक्तिहरूसँग निरन्तर लड्ने स्वतन्त्र र स्वदेशप्रेमी इन्डिजिनिष्ट शक्ति भन्दै देश र जनताको हितविरुद्ध हुने कुनै पनि षड्यन्त्रलाई नकाम पार्ने प्रतिबद्धता व्यक्त गरेको छ।

राजधानीको अनामनगरमा रहेको युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै वाईआईएलका संयोजक लिम्बूले जेनजी पुस्ताका युवामाथि हुनसक्ने सुरक्षा चुनौतिको आफ्नो संगठनले निगरानी राखिरहेको र आवश्यक सुरक्षा युवाहरुलाई दिने जानकारी दिनु भयो । उहाँले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी देश र जनताविरुद्ध तलव बिहीन सिजिनले गरेका कुनै पनि संकटपूर्ण षड्यन्त्रलाई नकाम पार्ने महान अभियानमा निरन्तर साथ र संघर्ष गर्ने प्रण गर्दछौं।’

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...