दमकमा प्रदेश १ पालिकास्तरीय भलिबल प्रतियोगिता शुरू (हेर्नुहोस खेल तालिकासहित)

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा शुक्रबार)देखि प्रदेश एकको पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।

दमक नगर भलिबल संघको आयोजनामा दमक २ स्थित हिमाबिको खेलमैदानमा हुने प्रतियोगिताको उदघाटन भलिबल संघ प्रदेश नं १ का उपाध्यक्ष खेम राईले उदघाटन गरेका छन् ।

भलिबल संघ १ नम्बर प्रदेश सदस्य समेत रहेका १ नम्बर प्रदेश रेफ्री रोशन दाहालका अनुसार प्रतियोगितामा एक नम्बर प्रदेश अन्तर्गतका कूल १७ वटा भलिबल टिमले भाग लिएका छन् ।

३ दिन सम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, दोश्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद पुरस्कार समेत हात पार्ने आयोजक समिति अध्यक्ष तेजु धिमालले जानकारी दिए ।

खेल तालिका

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...