नेकपा प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन

 लिम्बुवान न्युज
                       

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । जनआन्दोलनमा जनता सडकमा ओर्लिएको झल्को दिनेगरी कार्यकर्ता जनप्रदर्शन कार्यक्रममा सहभागी भएको नेकपा नेताहरुले बताएका छन् ।

प्रदर्शन सभालाई तीन पूर्व प्रधानमन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए । उनीहरुले दोस्रो जनआन्दोलन झल्कने गरि सडकमा कार्यकर्ताहरुको उपस्थिति भएकोमा धन्यवाद दिदै यो कास्टिङ् मात्रै भएको अब फिल्म शुरु हुने उद्घोष गरेका छन् । अब जनता जागेका छन् ओलीको असंवैधानिक कदमको विरुद्ध सडकदेखि सदनसम्म पुग्ने चेतावनी नेताहरुले दिएका छन् ।

सभा पूर्व काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्किएको थियो । सबै जुलुस रत्नपार्कमा पुगेपछि शीर्ष नेताहरुले नेतृत्व गरेर पुतलीसडक, भद्रकाली, शहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपमा पुग्ने तय भएको थियो । तर एकपछि अर्को जुलुस आउने क्रममा रत्नपार्कमा जामको अवस्था बनेपछि जुलुस एकैपटक निक्सन सकेन । त्यसपछि केही पुतलीसडकबाट भृकुटीमण्डप पुगेको थियो भने केही सिधै सभास्थल पुगेर मिस्सिएको थियो ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...