लिम्बुवानको विभिन्न जिल्लामा संगठन विस्तार तिब्र

 लिम्बुवान न्युज
                       

दमक। संघीय लिम्बुवान मञ्चको भातृसंगठन संघीय लिम्बुवान महिला मञ्चको फिदीम नगरसमिति विस्तार भएको छ । लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य सुनिता केरुङका अनुसार एलिसा योङ्याको अध्यक्षमा १७ सदस्यीय समिति संगठन विस्तार भएको हो ।

शनिबार फिदीम बजारमा भएको उक्त समिति विस्तारबाट उपाध्यक्षमा नितु तुम्बापो, सचिवमा रिता जवेगु, अर्थ–सचिवमा युमी केरुङ, सह–सचिवमा सोभा सेर्मा, सदस्यहरुमा रुपा केरुङ, सीतामाया केरुङ, अञ्जुली केरुङ, विन्दु केरुङ, गंगा केरुङ, बबिता तुम्बापो, धनकुमारी यवा, सुमीत्रा जवेगु, कल्पना केरुङ लगायत रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि मञ्चका महासचिव संगठन खनाल, उपमहासचिव भविराज तुम्सा लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी पाँचथरको याङ्वरक गाउँपालिका वडा नं. ५ मा कोरिया प्रवासमा लामो समय रहेर पहिचान राजनीतिमा सक्रिय रमेश लक्सम र अश्विन इधिङ्गोको विशेष पहलमा लक्ष्मीध्वज इम्बुङकाे अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको विद्यार्थी नेता आधार घिमीरेले बताए ।

शुक्रबार गठित समितिको बरिष्ठ उपाध्यक्षमा राजकुमार योङहाङ (लोटस), उपाध्यक्षहरुमा पूर्णा इम्बुङ, चितकुमार लक्सम, सचिव विक्रम सेलीङ, सहसचिव जमिला योङहाङ (इम्बुङ), कोषाध्यक्षमा इन्चा लक्सम, सदस्यहरुमा मणिराज इम्बुङ (बदहरे), चन्द्र लक्सम, जमुना योङहाङ (इम्बुङ), सोनी योङहाङ, मुस्कान योङहाङ, मौसम योङहाङ, अंकित इम्बुङ, दीपक लक्सम, रोमन लक्सम (माम्बोटे) र एईतराज योङहाङ् रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा कुमार इम्बुङ र गजलाल योङहाङ चयन भएका छन् ।

ताप्लेजुङकाे सिरीजंगा गाउँपालिका ५ मा नेपाली कांग्रेस, नेकपा र राजपा परित्याग गरि ३१ जना संघीय मञ्च अन्तरर्गत लिम्बुवान मञ्चमा प्रवेश गरेको मञ्चका केन्द्रीय सचिवालय सदस्य मुक्साम लाबुङ्ले बताए । कार्यक्रममा लाबुङ्सँगै केन्द्रीय सचिवालय सदस्य उदय लिङ्देन, तुलसी परा, जिल्ला अध्यक्ष भुपेन्द्र मावो, विद्यार्थी महासिचव कुलराज मावो लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी झापाको कन्काई ५ मा मङगलसिं थोप्राको अध्यक्षतामा वडा समिति गठन भएको केन्द्रीय सचिव राजु राईले जनाएका छन् । उनको अनुसार समितिको उपाध्यक्षमा कर्ण भुजेल, सचिवमा प्रेम सम्बाहाम्फे, अर्थसचिवमा देव राई लगायत ३१ सदस्यीय वार्ड कमिटी गठन भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्षले निर्वाचित कार्यसमितिलाई वधाई तथा कार्यकालको शुभकामना दिएका छन् । कार्यक्रममा मञ्चका पहिचान सदस्इ सितारा राई, जिल्ला अध्यक्ष धनबहादुर पन्धाक, दलित नेता गणेश भितृकोटी, जिल्ला नेताहरु, लिम्बुवान भोलेन्टियर्स कमाण्डरहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...