निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

 लिम्बुवान न्युज
                       

काठमाडौं। निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहमा विभाजन भएको निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो ।

‘प्रचण्ड–माधव पक्ष र ओली पक्षले आफू खुशी गरेको निर्णयलाई आयोगले मान्यता दिन नमिल्ने –एक आयुक्त भन्छन् ।’ दुबै पक्षले विवरण संशोधन गर्न गरेको दावीविरोध विधान सम्मत नभएको वताए ।

संसद विघटन लगतै प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

उता ओली पक्षले भने केन्द्रीय कमिटी विस्तार गरेको छ । दुबै पक्षले त्यही विवरणलाई बैधानिकता दिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए । तर आयोगले दुबैको दाबी नपुगेको ठहर गरेको छ ।

कानूनी रुपमा नेकपा विभाजन नभएको नै मानिनेछ । त्यसैगरी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै हुनेछन् भने केन्द्रीय कमिटी पनि दल दर्ता गर्दा कायम रहेको मात्र रहने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...