इलाममा लिम्बुवानको सिसिओ अभियान शुरु

 लिम्बुवान न्युज
                       

इलाम। संघीय लिम्बुवान मञ्च, नेपालले इलाम जिल्लामा सिसिओ अभियान शुरुभएको उद्घोष गरेको छ । सोमबार देउमाई ५ को धुसेनीमा मञ्चले वार्ड समिति विस्तार, राजनैतिक एजेण्डा वितरण र अन्तरक्रिया कार्यक्रम गरि सिसिओ अभियान शुरु गरेको हो ।

मञ्चका प्रान्तीय उपमहासचिव एवं संचार विभाग प्रमुख दिल कुमार लावतीको उपस्थितिमा भएको कार्यक्रममा देउमाई ५ मा सुरज लिम्बुको अध्यक्षतामा वार्ड समिति विस्तार भएको छ ।

साँझ गठित समितिको उपाध्यक्षमा नर्मल शेर्पा, शोभित लुईटेल, रनवीर रनपहेली रहेका छन् त्यसैगरी सचिवमा सिमा लिम्बु, सह–सचिव प्रकाश लिम्बु, अर्थसचिवमा पुष्पा लिम्बु रहेका छन् । त्यसैगरी सदस्यहरुमा समिक्षा राई, सन्दिप लिम्बू, मन कुमार लिम्बु, सागर लिम्बु, सुर्य लुईटेल, सुस्मिता लिम्बु, बिशाल श्रेष्ठ, शुशिला लिम्बु, सलिना लिम्बु, दातेम्बा शेर्पा, बेगिन्द्र लिम्बू, कृष्णमाया लिम्बु, स्वस्तिक लिम्बु, राजु लिम्बू र मन कुमारी लिम्बू रहेका छन् ।

मञ्चका उपमहासचिव लिम्बुले मञ्चले प्रकाशन गरेको राजनैतिक एजेण्डा बारे आफ्नो धारणा राख्दै देशकै एक मात्र संघीय पार्टी भनेकै मञ्च भएकोले मञ्चको अवधारणा अनुसार राज्यको पुनःसंरचना गरी १०+१ प्रान्त निर्माण गर्दै सबै जातीहरुको अस्तित्व कायम रहने पहिचान सहितको संघीय देश निर्माणमा मञ्च जस्तो राजनैतिक दलको आवश्यकता महसुस गर्दै २०६२ सालमा स्थापना भएको बताए । मञ्च नेपालको एक मात्र संघीय पार्टी भएको जिकीर गर्दै उमहासचिव लावतीले सबै जाती समुदायको अपनत्व यो पार्टीले मात्र गर्ने बताए ।

लिम्बुवान मञ्चका इलाम जिल्ला अध्यक्ष दिपक योङहाङले जिल्लामा केन्द्रले घोषणा गरेको सिसिओ अभियान अन्तर्गत जिल्लामा १०० वटा भन्दा धेरै कार्यक्रम गर्ने बताए । उनले सिसिओ अभियान अन्तरर्गत जिल्लाको सबै स्थानीय तह र वार्डहरुमा पुग्ने अभियान शुरुभएको बताए ।

कार्यक्रममा लिम्बुवानका केन्द्रीय सदस्य सोम बेघा, जिल्ला सचिव अम्बिका योङहाङ, जिल्ला सचिवालय सदस्य राजन लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...