आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु हुनेभएको छ । सरकारले कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाइने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा विहान १० बजे एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने बताइएको छ ।

वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, भक्तपुर अस्पताल, शहीद गंगालाल अस्पताल बाँसबारी, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी र सशस्त्र प्रहरी अस्पताल बलम्बुका स्वास्थ्यकर्मीले आज खोप लगाउनेछन् ।

भारतबाट अनुदानमा आएको १० लाख डोज कोभिशिल्ड खोप लगाउन सरकारले अनुमति दिएको हो तर खोप लगाइएको व्यक्ति भवितव्य भए जिम्मा नलिने जनाएको छ । खोप लगाउने स्वयम्ले सर्तनामा गरी खोप लगाउनु पर्ने भएको हुँदा विरामी, अंगभङ्ग या मृत्यु भएमा खोप दिने संस्था वा निकायले क्षतिपुर्ति दिनुपर्ने छैन ।

भारतमा यो खोप ७० प्रतिशत प्रभावकारी देखिएको हुँदा नेपाल सरकारले कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि माघ २ गते अनुमति दिएको थियो । कोरोनाविरुद्धको खोप नयाँ र आपतकालीन प्रयोगको लागि भएकाले कम्पनीले क्षतिपूर्ति नतिर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोपबाट कुनै असर भएमा थप उपचार व्यवस्थापनको लागि स्वास्थ्यकर्मीसहितको टोली खोप केन्द्रमै तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य उपचारको व्यवस्था भने सरकारले नै गरिदिने छ ।

यो खोप बायाँ पाखुरामा लगाइन्छ । कसैकसैलाई यो खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

१८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन नमिल्ने चिकित्सकले बताएका छन् । यसैगरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको, ज्वरो आएका, सुत्केरी र गर्भवती महिलाहरूलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाएका छन् । यसैगरी पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिन नमिल्ने चिकित्सकहरुले भनेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन जनाएको छ । खोप अभियानका लागि ७ वटै प्रदेशहरुमा खोप पुर्याइसकिएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...