
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
काठमाडौं । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु हुनेभएको छ । सरकारले कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाइने जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा विहान १० बजे एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने बताइएको छ ।
वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, भक्तपुर अस्पताल, शहीद गंगालाल अस्पताल बाँसबारी, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी र सशस्त्र प्रहरी अस्पताल बलम्बुका स्वास्थ्यकर्मीले आज खोप लगाउनेछन् ।
भारतबाट अनुदानमा आएको १० लाख डोज कोभिशिल्ड खोप लगाउन सरकारले अनुमति दिएको हो तर खोप लगाइएको व्यक्ति भवितव्य भए जिम्मा नलिने जनाएको छ । खोप लगाउने स्वयम्ले सर्तनामा गरी खोप लगाउनु पर्ने भएको हुँदा विरामी, अंगभङ्ग या मृत्यु भएमा खोप दिने संस्था वा निकायले क्षतिपुर्ति दिनुपर्ने छैन ।
भारतमा यो खोप ७० प्रतिशत प्रभावकारी देखिएको हुँदा नेपाल सरकारले कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि माघ २ गते अनुमति दिएको थियो । कोरोनाविरुद्धको खोप नयाँ र आपतकालीन प्रयोगको लागि भएकाले कम्पनीले क्षतिपूर्ति नतिर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोपबाट कुनै असर भएमा थप उपचार व्यवस्थापनको लागि स्वास्थ्यकर्मीसहितको टोली खोप केन्द्रमै तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य उपचारको व्यवस्था भने सरकारले नै गरिदिने छ ।
यो खोप बायाँ पाखुरामा लगाइन्छ । कसैकसैलाई यो खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
१८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन नमिल्ने चिकित्सकले बताएका छन् । यसैगरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको, ज्वरो आएका, सुत्केरी र गर्भवती महिलाहरूलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाएका छन् । यसैगरी पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिन नमिल्ने चिकित्सकहरुले भनेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन जनाएको छ । खोप अभियानका लागि ७ वटै प्रदेशहरुमा खोप पुर्याइसकिएको विभागले जनाएको छ ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...