जग्गा गुठीमा फिर्ता भएपछि डोमालाल राजवंशी रंगशाला बन्ने पक्का

,   लिम्बुवान न्युज
                       

बिर्तामोड, १५ माघ । विभिन्न व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता भएपछि डोमालाल राजवंशी रंगशाला बन्ने पक्का भएको छ ।

रंगशालाले फिर्ता भएको गुठीको जग्गा भोगाधिकारमा ल्याउने पहलसमेत थालेको छ । रंगशाला रहेको जग्गा विभिन्न व्यक्तिको नाममा भएपछि रंगशालाको भविष्य अनिश्चितजस्तै रहेको थियो ।

देवी गुठीको जग्गा आफ्नो नाममा पार्ने व्यक्तिहरुबाट जग्गा फिर्ता गराउन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पहल गरेका थिए । जग्गा फिर्ताको लागि पहल गर्ने खरेललाई खेलप्रेमी र खेलाडीहरुले धन्यवाद दिएका छन् ।

झापा ११ फुटबल क्लब, झापा गोल्डकप र झापा फुटबल क्लबले महान्यायाधिवक्ता खरेललाई धन्यवाद दिँदै गुठी संस्थानबाट रंगशाला बनाउनका लागि भोगाधिकार दिलाउने विषयमा समेत पहल गरिदिन आग्रह गरेका छन् । २०५२ सालभन्दा अघि तत्कालिन अनारमनी गाउँ विकास समितिले संचालन गरेको अनारमनी दुर्गा गुठी संस्थानको जमिन राज गुठीमा लगी विभिन्न व्यक्तिले आफ्नो नाममा हत्याएका थिए ।

मोही टिकादेवी विमलीको नाममा कायम भएको २ विगाह ८ कठ्ठा १८ धुर जग्गा उनका छोरा केशव विमलीले अनारमनी दुर्गा स्थान राजगुठी संस्थानकै नाममा दाखिला हुनेगरी फिर्ता दिएका हुन् । त्यस्तै केशवका काका सूर्यकुमार विमलीले आफ्नो नाममा पारेको ७ कठ्ठा जग्गा फिर्ता गर्न लागेको जनाइएको छ ।

रमेश महर्जनको नाममा रहेको ८ कठ्ठा जग्गा पनि फिर्ताको पहल भइरहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जग्गा फिर्ता भएपछि बिर्तामोड नगरपालिकाले पनि सो जग्गामा रंगशाला बनाउन पहल गर्ने आश्वासन दिइसकेको छ ।

कार्यक्रममा झापा ११ फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ, महासचिव गणेश पोखरेल , झापा गोल्डकपका अध्यष विनोद बस्नेत , झापा फुटबल संघका अध्यक्ष गजेन्द्रबहादुर पौडेललगायतले बोलेका थिए ।

कार्यक्रममा खेलाडीहरुको पनि उपस्थिति रहेको थियो । डोमालाल राजवंशीले बिर्ताबजारमा रहेको दुर्गा मन्दिरको नाममा १२ विगाहभन्दा बढी जग्गा दान दिएका थिए । सो जग्गालाई देवी गुठी हुँदै राजगुठीमा लगेर बेचिखाने काम भएको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;