निर्वाचन आयोगले आज नेकपाका दुबै पक्षसँग छलफल गर्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सरकार पक्ष र प्रचण्ड–माधव दुवै पक्षसँग आज छलफल गर्दैछ ।

सरकारको कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको निर्वाचन आयोगले आगामी निर्वाचन तयारी र दल दर्ता सम्बन्धमा छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।

आयोगले निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाइएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

नेकपाको आधिकारिकतासम्बन्धी विवाद बाहिरीएसँगै आयोगलाई निर्वाचन चुनावी तयार गर्न निक्कै सकस परेको हुँदा दुवै नेकपा बिच आधिकारिताको विषयमा छलफल गर्ने भनेर आयोगले अहिलेसम्म छलफल गरेको छैन । तर अहिले नेकपा विवाद केन्द्र देखि तल गाउँसम्म पुगेको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुनसक्ने आयोग स्रोतले जनाएको छ ।

नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर ती निवेदनमा दुबै पक्षको दावी नपुग्ने निर्णय आयोगले यस अघि नै जनाइ सकेको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...