जनमुक्ति एउटा – विश्व बिद्यालय !

 लिम्बुवान न्युज
                       

  • केपी पालुङ्वा

२०४७ साल बैशाख २३ गत्ते नेपालमा – आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा – नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो ।
(क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन प्रणालीको अन्त्य र संघात्मक शासन प्रणाली ( संघीय शासन ब्यवस्था) को स्थापना साथै सेना ,परराष्ट्र ,मुद्रा र खर खजना तथा संबेदनसिल ठुला उद्योगहरु खोल्ने बाहेक सबै अधिकारहरु प्रदेश र मातहतका निकायहरुलाइ दिन पर्छ ।
२. जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व ,
३. पुर्ण समानुपातिक निर्वाचन प्रणाली
४. धर्म निरपेक्षता
५. बृद्ध ,बेरोजगार भत्ता,भ्रष्टाचारको अन्त्य जस्ता थुप्रै महत्त्वपूर्ण मुद्दाहरु उठाएको थियो । सारमा दमन ,शोषण , उत्पिड्न र राज्य शत्ताबाट पाखा पारिएका समुदायहरु मुक्तिका लागि जातीय मुक्ति प्रधान हो भन्ने यो पार्टीको लाइन थियो र छ ।
(ख) २०४८ साल माघ ६ गत्तेका दिन नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा र डा . खगेन्द्रजङ्ग गुरुङज्युको नेतृत्वमा रहेको -राष्ट्रिय जनजाति पार्टी ( जन पार्टी ) बिच एकता भै राष्ट्रिय जनमुक्ति पार्टी नाम रहन गयो ।
(ग) २०५२ सालमा राष्ट्रिय जनमुक्ति पार्टीका तत्कालीन संगठन सचिव -कमल छाराहाङ् ( स्व.)ले -जनमुक्ति पार्टी नेपाल नामक निर्वाचन आयोगमा दर्ता गरि पार्टी बिभाजन गर्नु भएको थियो ।उहाँको चुनाव चिन्ह भरेङ थियो ।
( घ ) २०६० सालमा राष्ट्रिय जनमुक्ति पार्टीका तत्कालीन पार्टी महासचिव तथा मन्त्री – गोरे बहादुर खपाङ्गी मगर आफू मन्त्री पदबाट बहिर्गमन पश्चात् राष्ट्रिय जनमुक्ति पार्टी( प्रजातान्त्रिक ) गठन गरि पार्टी बिभाजन गर्नु भयो । फेरि २०६५ सालमा पार्टी एकतामा आउनु भयो तर २०६७ सालमा भएको पार्टीको चौथो महाधिवेशनमा अध्यक्ष पदमा MS thapa magar ज्युसंग पराजित भए पछि पुन लिवरल डेमोक्रेटीक पार्टी ( LDP ) नामक पार्टी गठन गरि निर्वाचन आयोगमा दर्ता गराउनु भयो ।उहाँ स्वर्गीय भै सक्नु भएकोले उक्त पार्टीको अध्यक्ष – गणेश बल तामाङ हुनुहुन्छ ।
(ङ) पार्टीको समानुपातिक भोटबाट संबिधान सभा सदस्य बन्नु भएका पार्टी उपाध्यक्ष – शिवलाल थापा मगरले २०७२ सालमा राष्ट्रिय जनमुक्ति पार्टी (प्रजातान्त्रिक ) नामक पार्टी निर्वाचन आयोगमा दर्ता गरि पार्टी बिभाजन गर्नु भयो ।
(च) २०८० साल मंसिर १९ गत्तेका दिन राष्ट्रिय जनमुक्ति पार्टी , संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति (लोसपा) बिच एकताको लागि ३ बुदे सहमति भएको थियो ।सहमतिमा मैले र केशव जि दुबै जनाले हस्ताक्षर गरेका थियौं । उक्त सहमतिको बुदामा केशव जिको प्रस्ताव अनुसार पार्टीको नाम राष्ट्रियको ठाउमा नेपाल राखौं र झण्डामा भएको सुर उदाएको होकि अस्ताएको हो? भन्ने प्रष्ट नभएकोले सुर्यमा कोणहरु थपौ भन्ने उहाकै प्रस्तावमा सहमति भएको हो ! बिधान सभाको अधिवेशन गरि कार्यान्वयन गर्ने सहमति अनुसार नै बिधान सभाबाट पारित गरि निर्वाचन आयोगमा अध्यावधी गरिएको हो । निर्वाचन आयोगमा अध्यावधी गरि सके पछि केशव जिले बिबद शृजन गर्नु भयो ,निर्वाचन आयोगमा मेरो विरुद्ध मुद्दा हाल्नु भयो । मैले हारजित बाट कसैलाई फाइदा हुदैन ,तपाईलाई अध्यक्ष पद नै चाहिएको होला महाधिवेशन गरौं तपाईलाई छोडी दिन्छु भने र पार्टी संरक्षक ज्युले पनि भन्नू भयो तर उहाँ मेलमिलापको लागि मान्नु भएन ।उहाँ र मैले उहाँकै आग्रहमा निर्वाचन आयोग ब माइन्युट बुकमा निर्वाचन आयोगको फैसला जे हुन्छ त्यस्लाइ दुबै जनाले स्वीकार गर्ने हो हारे पनि छुट्टै पार्टी नबनाउने ,पार्टी नफुटाउने भनी दुबै जनाले सहि गरेका छौ ।
हिजोको प्रतिबद्धता बिपरित ,तीन बुदे सहमतिको मर्म बिपरित उहाले नाम मात्र राष्ट्रिय जनमुक्ति पार्टी ,छुट्टै झण्डा ,छुट्टै चुनाव चिन्ह राखेर पुन निर्वाचन आयोगमा नया दर्ता गरि पार्टी बिभाजन गर्नु भयो ।
यो जनमुक्ति पार्टी इतिहास र पार्टी पङ्तिमा रहनेहरु ,एकता चाहनेहरु जनमुक्ति बिचारधारामा लामबद्ध हुनेहरुका लागि अपुरणिय क्षती भएको छ ।
पार्टीमा फरक मतहरु रहन सक्छ !सम्वाद र सहमति बाट टुङ्ग्याउन सकिन्छ भन्ने लाग्छ ।अब एकताको महाधिवेशन गरेर पुनरमिलन गर्न सकिन्छ ।
पार्टी बिभाजन गर्ने ,गराउनेहरुसंग मेरो कुनै पुर्वाग्रह छैन ,रहने पनि छैन ।
आदरणीय राजनैतिक गुरु पार्टी पिता, नेपाल जनमुक्ति पार्टीका संरक्षक – एम एस थापा मगर ज्युको संरक्षकत्वमा जनमुक्ति बिचारधारालाइ धाराप्रवाह बगाइ रहने र पार्टीलाई जिवित अनि बलशाली बनाउने मेरो भरपुर प्रयास गर्नेछु ।
जनमुक्ति पार्टीबाट प्रशिक्षित साथीहरू आज कुन पार्टीमा छैनन र ?उनिहरु र अन्य राजनीतिक दलहरुका साथीहरूले पनि जनमुक्ति पार्टीले उठाएको बिचार र मुद्धाहरुलाई आत्मसाथ गरिरहेको नै देखिन्छ ! यश अर्थमा जनमुक्ति पार्टीको जनमुक्ति बिचारधारा – आफैमा विश्व बिद्यालय हो ।

वहाँ नेपाल जनमुक्ति पार्टीको अध्यक्ष हुनुहुन्छ

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...