मेचीनगरमा आगलागी हुँदा १ को मृत्यु, १२ घाइते

 लिम्बुवान न्युज
                       

झापा, २२ पुष । झापाको मेचीनगरमा गएराति भएको आगलागीबाट एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर ८ बस्ने ४५ वर्षिय सारद राजवंशी रहेका छन् ।

उनलाई उपचारको लागि एन्जल मेडिकल धुलाबारी लगिएकोमा मेडिकलमा पुर्याउनासाथ मृत्यु भएको थियो । त्यस्तै आगो निभाउने क्रममा १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मेचीनगर ८ बस्ने ४० वर्षिय लेखनाथ तिमल्सिना, बिर्तामोड ९ बस्ने २९ वर्षिय गोविन्दप्रसाद राजवंशी, मेचीनगर ७ बस्ने ३२ वर्षिय दिपेन्द्र कार्की, सोही ठाउँका ३८ वर्षिय चन्दन गौतम, ४० वर्षिय सुबलाल राजवंशी , ३५ वर्षिय विनोद गिरी , ३५ वर्षिय नवराज श्रेष्ठ, २३ वर्षिय सन्देश बोहोरा , वडा नं ८ बस्ने ३४वर्षिय हरि वि.क., वडा नं ७ बस्ने ३६ वर्षिय निर्मल शर्माको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

त्यस्तै ४० वर्षिय भवानीशंकर न्यौपानेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ भने वडा नं ८ बस्ने अर्जुन अधिकारीकी ८ वर्षिया छोरी सुशिला अधिकारीलाई स्थानीय शाही सुमिरन मेडिकल ईटाभट्टामा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

गएराती ९ः२० बजेको समयमा मेचीनगर ७ पिपल चोक बस्ने केशब पाठकको टिनको छानो, चित्राको बेरा भएको एकतले कच्ची घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दै आएकोमा घरमा कोही नभएको अवस्थामा आगलागी भएको थियो । घरमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्कन उनीहरु घाइते भएका थिए । आगलागी मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा राति १०.२२ बजे पूर्णरुपमा नियन्त्रणमा आएको डिएसपी पाठकले जानकारी दिए । आगलागीबाट के कति क्षति भएको हो त्यसको विवरण आइनसकेको जनाएको छ ।

सम्बन्धित समाचार

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...