याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

,   लिम्बुवान न्युज
                       


दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो ।

सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष गोविन्द आङबुहाङको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा चोक सयङका अध्यक्ष सागर केरुङ्, बरिष्ठ कलाकार यासेली योङहाङ, सागर सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

चोक सयङले स्थापना दिवसको पूर्वसन्ध्यामासाउन २७ गते ‘याक्थुङ चलचित्र समालोचना लेखन तालिम’ र २८ गते ‘याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि प्रशिक्षण’ समेत गरेको सयङका अध्यक्ष केरुङ बताए । अध्यक्ष केरुङले यि कार्यक्रमहरूले याक्थुङ चलचित्रको सिर्जनात्मक विकाससँगै आलोचनात्मक चेत, भाषिक आत्मनिर्भरता र लिपिगत साक्षरताको विस्तारमा अर्थपूर्ण योगदान पु¥याएको बताए ।

यसैगरी सयङले ‘याक्थुङ मुन्चइत अक्षयकोष’, ‘याक्थुङ चलचित्र दर्ता कार्यविधि’, ‘याक्थुङ स्टोरी बैंक’ लगायतका संरचना तथा अवधारणाहरू याक्थुङ चलचित्र क्षेत्रलाई व्यवस्थित, संस्थागत र दीर्घकालीन बनाउन केन्द्रित भईरहेको अध्यक्ष केरुङले थपे विशेषतः ‘याक्थुङ स्टोरी बैंक’ जस्ता अवधारणाले मौखिक परम्परा, मुन्धुम, लोककथा, इतिहास, मिथक, सामाजिक स्मृति र समकालीन जीवन–अनुभवलाई भविष्यका चलचित्र सिर्जनाका लागि ज्ञान–सम्पदाका रूपमा सुरक्षित गर्ने सम्भावना बोकेको बताए ।

यसैगरी सयङ लिम्बुवान प्रदेश समितिले पनि आज दमकस्थित किरात भवनमा १७औँ स्थापना दिवस मनाएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;