दमक एड्भान्स मल्टिस्पेशियालिटी हस्पिटलमा तोडफोड

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । चिकित्सकको गलत उपचारका कारण आफनो नाबालक शिशुको मृत्यु भएको भन्दै मंगलबार साँझ दमकस्थित एड्भान्स मल्टिस्पेशियालिटी हस्पिटलमा तोडफोड भएको छ ।

एक साता अघि बिरामी भएर उपचारका लागि ल्याइएका इलाम चुलाचुलीका डेढ महिनाका एक शिशुको उपचारमा अस्पतालको त्रुटीका कारण आज धरानमा मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गरेको हो ।

तोडफोडका कारण अस्पतालको महत्वपूर्ण भागहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । शिशुका आफन्तहरुले दोषी चिकित्सकलाई कारवाही गर्न माग राख्दै प्रर्दशनमा उत्रिएपछि अस्पताल तनावग्रस्त बन्न पुगेको थियो ।

सो घटनापछि अवस्थालाई सामान्य बनाउने प्रयास स्वरुप इलाका प्रहरी कार्यालय दमकमा अहिले पीडित पक्ष र अस्पताल प्रशासनका प्रतिनिधिहरुबीच संवाद थालिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...