लिम्बुवान प्रान्तीय कार्यालय दमकमा रहने

 लिम्बुवान न्युज
                       

दमक, २८ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय दमकमा रहने भएको छ । बुधबार मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकको अध्यक्षतामा बसेको पहिलो पदाधिकारी बैठकले सो कुरा निर्णय गरेको हो ।

प्रान्तीय मञ्चको स्थापना काल देखि नै दमकबाट कार्यालय संचालन गरिएको थियो । बिचमा इटहरीबाट प्रान्तीय कार्यालय संचालनमा ल्याइएको भएपनि त्यति प्रभावकारी ढंगबाट कार्यालय संचालन हुन नसकेको हुँदा दमकमै कार्यालय स्थापना गर्ने गरी प्रान्तीय उपमहासचिव धनराज सुब्बाको संयोजकत्वमा कार्यालय व्यावस्थापन गर्ने गरी एक कार्यदल गठन भएको छ ।

यसैगरी बैठकले लिम्बुवानका सबै जिल्लाहरुमा प्रदेश क्षेत्रीय समिति र प्रतिनिधि क्षेत्रीय समितिहरुलाई शसक्त रुपमा संगठित गर्ने गरी उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्को संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले एक हप्ता भित्र नौ जिल्लामा कसरी संगठन निर्माण गर्ने बारे कार्यनीति बनाउने जिम्मेवारी दिइएको छ ।

प्रान्तीय अधिवेशनबाट निर्वाचित समितिमा रिक्त रहेको प्रान्तीय अर्थसचिवमा सचिव दिलु लिङ्देन लावतीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी मञ्चको अनुशासन तथा आचार संहिता लेखनको लागि संघीय महासचिव अशोक चेम्जोङलाई जिम्मेवारी दिइएको छ । भने आर्थिक विनियम लेखनको लागि उपाध्यक्ष अम्बर बहादुर पन्धाकलाई जिम्मेवारी दिइएको छ ।

बैठकलाई मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीले सहजिकरण गरेका थिए । बैठकमा संघीय उपाध्यक्ष तथा प्रदेश १ का सामाजिक विकास राज्य मन्त्री माननीय विष्णु तुम्बाहाम्फे, महासचिव अशोक चेम्जोङ, संस्थापक सदस्यद्वय देउकुमार निङलेखु, सुरेन्द्र लिम्बु नोनाम, संघीय सचिव भविराज तुम्बापो, प्रदेश समन्वय समिति उपसंयोजक चन्द्रसिं नेम्बाङ, संघीय अर्थ सचिव सुर्यमान आङबुहाङ, प्रदेश समन्वय समिति सचिवद्वय सागर केरुङ र नन्द कुमार मेन्याङ्बोको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...