बुद्धशान्ती ४ मा लिम्बुवान मञ्च गठन, अध्यक्षमा डम्बर पाक्सावा

 लिम्बुवान न्युज
                       

झापा, २९ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको बुद्धशान्ति ४ स्थित वडा समिति गठन भएको छ । बुधबार आयोजित एक कार्यक्रममा डम्बर पाक्सावा लिम्बुको अध्यक्षतामा वडा समिति गठन भएको हो ।

उक्त वडा समिति गठनबाट उपाध्यक्षहरुमा जमुना केदेम, धनपति मिभक, देवेन्द्र सेर्मा, विजय लिम्बु र डिक्यु मावो चयन भएका छन् । यसरी नै सचिवमा रीता फुरुम्बो, सहसचिवमा सुजन लिम्बु र अर्थसचिवमा बविता लिम्बुले जिम्मेवारी पाएका छन् ।

नवगठित वडा कमिति सदस्यहरुमा सन्ध्या लिम्बु, तुलविक्रम तामाङ, प्रतिमा बि.क., पूर्ण दर्जी, फिपराज थलङ र विमल इवारम रहेका छन् ।

कार्यक्रम लिम्बुवान प्रान्तीय सचिव काजीमान ओख्राबोको प्रमुख आतिथ्यता साथै प्रान्तीय सचिव मोहन मावोको विशिष्ट आतिथ्यता रहेको थियो । यसरी नै जिल्लाका नेताहरु प्रदिप राई, सन्तोष मेन्याङ्बो, रवि फत्र, दिलकुमार योङहाङ, किरण गुरुङ, भुपेन्द्र थेवे र महेश कुवर लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

कालीखोला टोल समिति गठन

यसरी नै उक्त भेलाले बुद्धशान्ती ४ वडास्थित कालीखोला धुरालाइन जुनेली टोलमा भुपेन्द्र थेवेको अध्यक्षतामा टोल समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा महेश कवर, सचिवमा किरण गुरुङ, सह–सचिवमा जुना राई, अर्थसचिवमा बालकुमारी गुरुङलाई चयन गरिएको छ भने सदस्यहरुमा मनिसा थेवे, राजन कवर, एलिा किसान, पवित्रा कवर, मणिकुमार राई र तारा थेवे रहेका छन् ।

लिम्बुवान भोलेन्टियर्स एलभी फिल्ड कमाण्डर भुपेन्द्र थेवेको कमाण्डमा भोलेन्टियर्स पनि गठन भएको छ । उक्त कमाण्डमा प्राइमरी कमाण्डर किरण गुरुङ, एलभीहरु सुनिल किसान, सविन कवर, सन्जय राई, रविन कवर, विशाल लिम्बु, उज्वल सुवेदी, विमल किसान, अजित कवर र सुमन कवर रहेका छन् ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...