किरात समुदायको कक्फेक्वा तङनाम तथा लिम्बूहरुको नयाँ वर्ष प्रारम्भ

 लिम्बुवान न्युज
                       

दमक, १ माघ । किरात जातीहरुले कक्फेक्वा तङनाम (माघे संक्रान्ती) पर्वको रुपमा आज धूमधामका मनाइरहेका छन् । त्यसैगरी आजबाट लिम्बुहरुको नयाँ बर्ष समेत प्रारम्भ भएको छ ।

किराती जातीहरु राई, लिम्बु, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर धूमधामका साथ मनाउने यो चार्ड तङनाममा वन तरुल, घर तरुल, सखरखण्ड लगायत तरुल जन्य विभिन्न प्रकारका खानेकुरा बनाएर खाने चलन रहेको छ ।

आदिम काल देखि नै बन तरुललाई विशेष खाने प्रचलन रहेको बुझिन्छ । किरातीहरुको मुन्धुमसँग जोडिएको यो तङनाममा अन्नवाली नहुँदा यही वन तरुल सेवन गरी प्राण रक्षा गरेको भन्ने किराती किवंदन्ती रहेको पाइन्छ ।

आजबाट येले तङ्बे (दोङ) ५०८२ शुरु भएको छ । आज विहान मक्कर नुहाएर बन तरुलको टिका लगाएर तङनामको शुभारम्भ किरात जातीहरुले गर्ने परम्परा रहेको छ ।

यसैगरी पश्चिममा थारुहरुले पनि आजबाट माघी पर्व मनाउने चलन रहेको छ । थारुहरुको पनि आजबाट नयाँ बर्ष पारम्भ भएको मानिन्छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...