कियाचू पथरीशनिश्चरे अध्यक्षमा विक्रम लिम्बु निर्वाचित

 लिम्बुवान न्युज
                       

पथरीशनिश्चरे, १७ माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आज सिरीजंगा धार्मिक बनमा आयोजित कार्यक्रमले बिक्रम लिम्बुको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसहमत चयन गरेको हो ।

आज(सोमबार) आयोजित अधिवेशनले लिम्बुवको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा गणेश थक्लुङ, सचिवमा धनप्रसाद साँबा, सहसचिवमा भरत खजुम र कोषाध्यक्षमा गंगामाया मादेनलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरुमा सुजन साँवा, कोपिला लिम्बू, छत्र लिम्बू, वकिलमान थेबे, अजय लिम्बु, भक्तबहादुर जवेगु, सुमित्रा थाङदेन, सुरज लिम्बु, गणेश लिभाङ, छत्र सेरेङ, सुरन्ता लिम्बु सर्वसहमत चयन भएका छन् ।

उद्घाटन कार्यक्रम पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यमा भएको थियो । नगर प्रमुख राईले शुभकामना दिदै लिम्बु भाषा विकासको लागि विभिन्न विद्यालय भाषामा पढाइ भइरहेको प्रसंग उल्लेख गरे । नगरमा राई, लिम्बु, संस्कृत लगायतको भाषा विकासको लागि नगरले सुरु गरेको कार्यक्रम स्थानीय तहको आउने अर्को सरकारले समेत बन्द गर्न नमिल्ने बताए । नगर प्रमुख राईले नगरमा रहेका भूमिहिन सुकुम्बासीहरुलाई तत्काल जग्गा वितरणको लागि प्रकृया अघि बढाइन बताए ।

नगर १० नम्बर वडा सदस्य अनोज घिमिरे, कियाचु मोरङ जिल्ला अध्यक्ष बिबेक लिम्बू लगायतको उपस्थिति रहेको कार्यक्रममा चियाचु केन्द्रीय सदस्य खिनामाया लिम्बू, १ नम्बर प्रदेश समिति सदस्य सन्तोष सेरेङ, राष्ट्रिय परिषद सदस्य फिपराज बेघा, फोनिज १ नम्बर प्रदेश निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, कियाचु नगर पूर्व पदाधिकारी देवेन्द्र वनेम, गणेश थक्लुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

बक्ताहरुले १ नम्बर प्रदेशको नाम पहिलाचको आधारमा किरात लिम्बुवान वा लिम्बुवान किरात जोड गर्नुपर्ने बताएका थिए । गएको निर्वाचनमा पथरीशनिश्चरे नगरमा आदिबासी जनजाति संग्राहलय निर्माण गर्ने आश्वासन दिएन नबनाएको चर्चा चलेको थियो । कियाचु लगायतका सामाजिक संस्थाहरुले किरात सिरिजंगा लिपीलाई साझा रुपमा प्रयोग गर्ने निर्णय भएकोले सबै मिलेर प्रयोगमा ल्याउनु पर्ने बक्ताहरुले बताएका थिए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...