म्याङलुङमा लिम्बु भाषा कविता प्रतियोगिताः नरेन्द्र खापुङको कविता प्रथम

 लिम्बुवान न्युज
                       


तेह्रथुम, १८ पुष । तेह्रथुमको सदरमुकाम म्याङलुङमा सम्पन्न खुल्ला लिम्बु भाषा कविता प्रतियोगिताबाट नरेन्द्र खापुङ संङयक प्रथम हुनु भएको छ ।

लिम्बुवान भुमीमा लिम्बुहरुको मुन्धुम, लिम्बुहरुको ईतिहास खोज अनुसन्धानकर्ता इतिहासकार ईमानसिंङ्ग चेम्जोङबको १ सय १९ औ जन्मजयन्तीको अबसरमा आज म्याङलुङमा सम्पन्न खुल्ला लिम्बुभाषा कविता प्रतियोगीतामा मेन्छ्यायेम गाउँपालिका वडा नम्बर ६ मोराहाङका नरेन्द्र खापुङ संङ्यक प्रथम हुनु भएको हो ।

यस्तै म्याङलुङ नगरपालिका वडा नम्बर ९ साब्ला फुङ्सिङमा टोलका घनश्याम सावाँदेन दोस्रो र म्याङलुङ ९ साब्लाका विनिता श्रेङ चोङबाङ तेस्रो हुनु भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ५ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो हुनेले नगद रु ३ हजारको साथमा प्रमाण पत्र, र तेस्रो हुनेले २ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बतायनु भयो ।
प्रतियोगिता लिम्बुभाषालाई संरक्षण र सम्वर्धन गर्ने उदेश्यले आयोजना गरिएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताउनु भयो ।

किरात याकथुङ चुम्लुङ तेह्रथुमको आयोजनामा सम्पन्न भएको कार्यक्रम किरात याक्थुङ चुम्लुङ १ नम्बर प्रदेश उपाध्यक्ष टँकमाया लिम्बुको प्रमुख आथित्यता तथा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...