जसपा तत्काल सरकारमा नजाने

 लिम्बुवान न्युज
                       


काठमाडौं, १९ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने बाहिरै बसेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाएको छ ।

मंगलबार सम्पन्न पार्टीको दुई दिने राजनीतिक समिति बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको जसपा प्रवक्ता मनिस सुमनले जानकारी दिएका हुन् ।

दाहाल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम हेरेर र शक्ति बाँडफाँटको आधारमा मात्रै सरकारमा जान सकिने अन्यथा बाहिरैबसेर समर्थन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको प्रवक्ता सुमनले बताए ।

निर्वाचनले खुम्चिएको जसपाले शक्ति वृद्धिको लागि राजनीतिक मुद्दा र विचार मिल्ने विभिन्न दलसँग पार्टी एकता गर्न कार्यकारिणीसमिति सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति पनि गठन गरेको छ । उक्त समितिका सदस्यहरुमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

त्यस्तै बैठकले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टी निर्णयविरुद्ध लाग्ने र अन्तर्घात गर्नेहरुलाई कारबाहीको सिफारिस गर्नकार्यकारिणी समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिले छानविन गरी आगामी माघ मसान्तभित्र प्रतिवेदन बुझाउने बताइएको छ ।

राजनीतिक समिति बैठकले पार्टीको विधान अधिवेशनका लागि विधान मस्यौदा गर्न केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विधान मस्यौदा समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठ, शिवलाल थापा, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी सदस्य छन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...