दमकमा ३१५ जनालाइ जग्गाको निस्सा वितरण

 लिम्बुवान न्युज
                       

दमक, लिख/ दमक नगरपालिका वडा नं ७ का ३१५ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिलाउने प्रयास स्वरुप जग्गाको निस्सा प्रमाण दिन शुरु गरिएको छ । भुमीहिन तथा अव्यवस्थित बसोबास समस्या समाधान समितिबाट प्रदान गरिएको जग्गाको निस्सा प्रमाण वितरणको बिहिबार औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।


दमक ७ को वडा कार्यालय परिसरमा आयोजित सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले स्थानीय सरकार नगरबासीहरुको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्नका लागि सधैं साथमा रहेको बताउनु भयो । नगर प्रमुख थापाले जग्गाको निस्सा वितरणको काम यसअघिनै सक्ने तयारी रहेको भएपनि राष्टिय तथा प्रदेश तहका निर्वाचनका कारण काम रोक्नु पर्ने बाध्यताका कारण केही समय ढिलो हुन गएको पनि उल्लेख गर्नु भयो । उहाँँले जग्गाको स्वामित्व प्राप्तीका लागि निस्सा प्राप्त गर्नु अनिवार्य भएको चर्चा गर्दै सबै नगरबासीहरुले यसलाई महत्वसाथ लिनु पर्ने सुझाउनु भयो ।

कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भटटराई प्रसाइँले नागरिकहरुका मौलिक हकका रुपमा रहेका सबै हकहरुको संरक्षणको दायित्व स्थानीय सरकारको भएकाले यो दायित्वबाट नगरपालिका पछि नहटने बताउनु भयो । नगरपालिकाले जनमुखी र नगरबासी बालबालिकादेखि बृद्धबृद्धा सम्म महिला पुरुष सबैका लागि ल्याएका कार्यक्रमहरुबारे सुसुचित हुँदै सहभागी बन्न आग्रह गर्नु भयो ।

उपप्रमुख भटटराईले नगरपालिकाको आँखा पर्न नसकेका बिषयहरु त्था समस्याहरुका बारेमा जानकारी गराएर सचेत नागरिकको भुमिका निर्वाह गर्न पनि नगरबासीहरुलाई आग्रह गर्नु भयो ।

दमक ७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले २०५३ सालताका सो भुगोलमा अत्यन्तै न्यून संख्यामा भुमिहिन सुकुम्बासीहरुको संख्या रहेको भएपनि त्यसयता ठुलो संख्यामा सुकुम्बासीहरुको बसोबास यस वडामा रहेको तथ्याकंले देखाएको बताउनु भयो । उहाँका अनुसार जग्गाको धनीपूर्जा प्राप्तीका सो वडामा ५५६ जनाले वडा मार्फत आयोगमा निवेदन पेश गरेको जानकारी दिदैं ३१५ बाहेकका अन्य निवेदनहरुमाथि पनि सुक्ष्म छानबिन गरेर धनीपूर्जा प्रदान गर्ने प्रकृया अघि बढाइने वडाध्यक्ष पौडेलले जानकारी दिनु भयो ।

उहाँले सुकुम्बासी तथा भुमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानमा आफू सदैव प्रयत्नशील रहेको चर्चा गर्दै नगरपालिकाबाट भए गरेका निर्णयहरुको कार्यान्वयनमा सहयोग पुरयाउन वडाबासीहरुलाई आग्रह पनि गर्नु भयो ।

सो अवसरमा दमक शहर सुदृढीकरण समिति संयोजक प्रकाश प्रसाइँले यहाँँका साझा समस्याहरुको समाधानका लागि सबैले फराकिलो सोच बनाएर अघि बढनु पर्ने औंल्याउनु भयो । उहाँँले दमक शहरलाई व्यवस्थित रुपमा बिकास गर्ने र यसको सौन्दर्यकरणमा नगरपालिकाको नेतृत्वबाट भइरहेका कामहरुमा रचनात्मक सहयोगको आवश्यकता समेत औंल्याउनु भयो ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...