पवित्रहाङमा कप महिला फूटबल आगामी माघ २३ देखि फाल्गुन ३ गतेसम्म हुने

 लिम्बुवान न्युज
                       


दमक, २४ पुष । १३ औँ संस्करणको पवित्रहाङ्मा कप महिला फुटबल प्रतियोगिता आगामी माघ २३ देखि फागुन ३ सम्म आयोजना गरिने भएको छ । किरात धर्म गुरुआमा पवित्रहाङ्मा लिङ्देनको ६७ औँ जन्मोत्सव अवसरमा किरात धार्मिक स्थल लारुम्बामा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आयोजक आत्म–पवित्र हक्तात यक्चुमले शनिबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगितामा १० टिमले सहभागिता जनाउने जानकारी दिएको छ । प्रतियोगितामा इलामसहित झापा, उदयपुर, सुनसरी, ताप्लेजुङ, धनकुटा, मोरङ र भारत दार्जिलिङका टिमसमेत सहभागी हुने आयोजक संस्था अध्यक्ष मनप्रसाद आङ्बुहाङले बताए ।

विजेताले ट्रफी सहित नगद २ लाख १ सय ६७ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा इलामका जनता सेभेन र माङ्सेबुङ गाउँपालिका, झापाका रोयल स्पोर्टिङ, कन्काई नगर खेलकुद, उदयपुरको गाईघाट, सुनसरीको माउन्ट एभरेस्ट, ताप्लेजुङको कर्णसिंह सोनाम, धनकुटा जिल्ला फुटबल संघ, मोरङको नवदीप र भारत दार्जिलिङको एमएफसी सहभागी हुने आयोजकले जनाएको छ ।

त्यस अवसरमा फुटबलबाहेक म्याराथुन, पक्लुङ, लठ्ठा तान्ने, म्युजिकल चेयर, हाँडी फुटाउनेजस्ता दर्जन खेल आयोजना हुने बताइएको छ । म्याराथुन विजेताले नगद ५ हजार १ सय ६७ रुपैयाँ पुरस्कार पाउनेछ । इलामस्थित जिल्ला फुटबल संघले प्रतियोगिताका लागि प्राविधिक सहयोग गरेको छ ।

यो फूटबल प्रतियोगिता जिल्ला सदरमुकामबाट भौगोलिक हिसाबले टाढा रहेको माङसेबुङ लारुम्बामा लामो समययता निरन्तर आयोजना भइरहेको प्रतियोगिता हो । यस पटकको प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...