लिम्बुवानद्वारा मालपोत र नापी कार्यालय नसार्न माग गर्दै ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       

धरान, २४ पुष । धरान १६ स्थित कृषि विकास बैंकको भवनमा सञ्चालित मालपोत र नापी कार्यालयलाई धरान ६ स्थित पानवारी नसार्न माग गर्दे ज्ञापनपत्र बुझाइएको छ ।

संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सुनसरी जिल्ला र धरान उपमहानगर कार्यसमितिले संयुक्त हस्ताक्षर सहितको ज्ञापनपत्र आइतबार मालपोत र नापी कार्यालयमा बुझाएको हो । ती दुई कार्यालयसँगै उनीहरुले गृहमन्त्रालय, भुमी व्यवस्था सहकारी तथा गरिबी निवरण मन्त्रालय, प्रदेश प्रमुखसहित विभिन्न दर्जन बढी निकाय र संघसंस्थाहरुलाई पनि उक्त ज्ञापनपत्रको बोधार्थ पठाएका छन् ।

मञ्चले यसअघि पनि विभिन्न निकायहरुमा मालपोत र नापी कार्यालय धरान १६ मा यथावत राख्न माग गरेपनि सुनुवाई नगरिएको भन्दै अब पनि वेवास्ता गरिए आन्दोलन पनि गर्ने चेतावनी दिएको छ । इनरुवामा रहेको मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णय अनुसार २०७२ मा धरानमा कार्यालय स्थापना गरिएको थियो । उक्त समयदेखि हालसम्म धरान १६ मा कृषि विकास बैंकको भवनमा भाडा रहदै आएको छ ।

२०७३ मा मालपोत र नापी कार्यालयको लागि धरान ६ पानवारीमा स्थानीय जग्गा उपलब्ध गराए पछि स्थानान्तरणको प्रक्रिया अघि बढेको थियो । अहिले उक्त स्थानमा मालपोत र नापी दुवैको भवन निर्माण भइसकेको छ । मञ्चले भने सो क्षेत्रमा भुमाफियाहरुको चंगुलमा परेर तत्कालिन मालपोत प्रमुख भिम गौतम र नापी प्रमुख कृष्ण न्यौपानेले एक एक कट्ठा जग्गा लिएर कार्यालय सार्ने निर्णयलाई अघि बढाएको पनि आरोप लगाएको छ । मञ्चका जिल्ला अध्यक्ष अमर इजमले गौतम र न्यौपानेले आफ्नो नाममा जग्गा नराखे पनि क–कस्को नाममा लिएका थिए भन्ने प्रमाण रहेको दाबी गरेका छन् ।

दैनिक करोडौं रुपैया लेनदेन हुने भएकोले पानवारी असुरक्षित हुने र पायक पनि नहुने मञ्चको दाबी छ । हाल रहेको कृषि विकास बैंकको भवनलाई स्वामित्व हस्तान्तरण गरेर मालपोत, नापीलाई स्थायीरुपमा राख्न सकिने र पानवारीमा अन्य विभिन्न कार्यालयहरु राख्न सकिने मञ्चको भनाई छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...