दमकमा आगलागी हुँदा करोडौंको क्षति

 लिम्बुवान न्युज
                       

दमक, १ माघ । झापाको दमकमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । आज (आइतबार) विहान साढे तीन बजे स्थित नमुना मार्गसँग जोडिएका पसलमा आगलागी भएको हो ।

राजु श्रेष्ठको जुत्ता पसलबाट सुरू भएको आगोले सँगै जोडिएका अन्य पाँच वटा पसलमा क्षति गरेको छ भने अन्य केही पसलहरुमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अहिले बिहान पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।

दमक, कमल, गौरादह र उर्लाबारी नगरपालिकाका बारूण यन्त्र, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । नमुना मार्गभित्र ४ पांग्रे गाडी छिर्न नमिल्ने गरि बनाइएको डे«न तोड्न केही समय लाग्दा दमकल तत्काल छिर्न असफल हुँदा नियन्त्रण लिन केही समय लागेको थियो ।

श्रेष्ठको जुत्ताचप्पल पसलमा विद्यु सर्ट भई आगलागी हुँदा सोही पसलसँग जोडिएका संगिता श्रेष्ठ, बिजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

करोडौंको क्षति भएको विवरण प्रहरीले संकलन गरिरहेको हुँदा थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...