बैंकर्स संघद्वारा ब्याजदर घटाउने निर्णय

 लिम्बुवान न्युज
                       

काठमाडौं-  बैंकर्स संघको आज बसेको बैठकले  ब्याजदर घटाउने निर्णय गरेको छ। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संस्थाले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको निर्देशिका अनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको जानकारी दिए। राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। सोहीअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो।

निक्षेपको ब्याज घटेसँगै बैंकहरूले आधारदर परिवर्तन हुनेछ। आधारदरका आधारमा ऋणको पनि ब्याजदर घट्नेछ।

लामो समयदेखि बढिरहेको ब्याजदरका कारणले अर्थतन्त्र संकटमा गएको भन्दै उद्योगी व्यवसायीले विरोध जनाउँदै आएका थिए। नयाँ सरकार गठन भएपछि अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका गभर्नरसँग व्यवसायीहरूले निरन्तर संवाद गरेका थिए।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैंकरहरू पुगेका हुन्।

यद्यपि आयकरको पहिलो किस्ता बुझाउने म्याद पुस मसान्तसम्म रहेकाले तरलताको वास्तविक चित्र माघ १ पछि नै देखिनेछ।

नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा मंगलबारसम्म झन्डै ५३ खर्ब ११ अर्ब निक्षेप पुगेको छ। गत बिहीबारसम्म ५२ खर्ब ९५ अर्ब रहेको निक्षेप पाँच दिनमा १६ अर्ब बढेर ५३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। ऋण प्रवाह भने ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। एकैदिन बै‌ंकहरुले ऋण प्रवाह ५ अर्ब रुपैयाँ गरेका छन्। साेमबारसम्म ऋण प्रवाह ४७ खर्ब ७३ अर्ब रुपैयाँ रहेकाेमा मंलाबारसम्म बढेर ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेकाे छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६.६५ प्रतिशत रहेको छ। बैंकहरूले ९० प्रतिशतको कर्जा निक्षेप अनुपातसम्म कर्जा दिन सक्ने भएकोले उनीहरूले थप करिब ३ खर्ब कर्जा दिन सक्ने देखिन्छ। यता अन्तरबैंक ब्याजदर पनि ६.१४ प्रतिशतमा पुगेको थियो।

खासगरी बैंकहरूमा रहेको स्थानीय तहको बजेटमध्ये ८० प्रतिशतलाई निक्षेपमा गणना गर्न पाउने निर्णय सरकारले गरेका कारण पनि अहिले बैंकहरूमा तरलता सहज बनेको छ। यसअघि त्यो व्यवस्था पुस मसान्तसम्मका लागि थियो। त्यसको म्याद नथपिँदा समस्यामा पर्न सकिने भएकाले बैंकहरूले सिडी रेसियो तल झारेर राखेका थिए। सो व्यवस्थाको अवधि थपिएपछि अब असारसम्मका लागि बैंकहरूलाई कर्जा विस्तार गर्न सहज भएको छ। (विजनेस न्यूजबाट)

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...