लिम्बुवानका नेता राजु राई मातृ शोकमा

 लिम्बुवान न्युज
                       

दमक, १५ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य तथा लिम्बुवान प्रान्तीय मञ्चका सचिव राजु राई मातृ शोकमा परेका छन् ।

लिम्बुवानका युवा नेता राईको आमा सुमित्रा राईका आइतबारे असामयिक भएको खबरले मञ्च स्तब्ध भएको छ ।

संघीय मञ्चको स्थापना कालदेखि नै लिम्बुवान भोलेन्टियर्सको विभिन्न कमाण्ड सम्हाल्दै सहकमाण्डर समेत बनेका राईको लिम्बुवान आन्दोलनमा लामो योगदान रहेको छ ।

बि.सं. २०१४ सालमा जन्मनु भएकी आमा विगत लामो समय देखि अस्वस्थ रहनुभएको थियो । छ महिना अघि मात्र फोक्सोमा क्यान्सर भएको थापा भएको नेता राईले बताए । ६५ बर्षीय आमा सुमित्रा हाल झापा जिल्ला शिवसताक्षीमा स्थायी रुपमा बस्दै आउनु भएको थियो ।

आमाको पार्थिव शरीरलाई सोमबार दिउँसो १ बजे शिवसताक्षी स्थित समाधिस्थलमा अन्त्येष्टि गरिने नेता राईले बताएको छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...