पहिचानको मुद्दामा बारुदी आगो ओकल्ने त्यो केटी.!

 लिम्बुवान न्युज
                       

  • विक्रम फागो वनेम

गत केही दिन अघि मात्र (२१ पुस 6 January) न्युजिल्यान्ड देशकी आदिवासी मुलकी एउटी संसद बनेकी फुच्ची केटीले संसद सभामा आगो ओकलिन् । संसदमा आफ्नो मौलिक जातीय पहिचानको सांस्कृतिक सभ्यता र भूमिप्रति राज्यले गरेको असमान विभेदको विरुद्ध बारुदी एट्म बम बनेर पट्किईन् । जुन उनको आवाजमा विद्रोहताको सांस्कृतिक एट्म बमको विष्फोट भएथ्यो । त्यसले जापानको हिरोसिमा कुनैबेला पड्केको त्यो एट्म बम भन्दा कम शक्तिशाली थिएन उनको त्यो विद्रोहताको ऐलानेजंग । जसले न्युजिल्यान्डको संसद सभामा अहिले १० रेक्टर स्केल बराबरको भूकम्प गएको छ ।

जुन भूकम्पको पराकम्पन भने अहिले विश्व भु–राजनीति मै त्यसको तरंग उर्लन्दो छ । मतलब देशले एउटा मान्छेहरुको अस्तित्वसम्म नस्विकारेको त्यो आदिवासी समुदायभित्र, एउटी निरिहय देखिएको अवोध फुच्ची केटीले संसद सभा मात्र हल्लाईनन्, देशै हल्लियो । अन्ततः अहिले देशमात्र होईन, अन्तर्राष्ट्रिय जगतनै हल्लिरहेछ । संसद भवनको रोष्ट्रममा उभिएर उनले आफ्नो मौलिक सांस्कृतिक गीति लय/भाका मार्फत दिएको अभिव्यक्ति आक्रोशले अहिले न्युजिल्यान्डको सत्ताधारी शासकहरुको निंद हराम गरी दिएकोछ । भने मुल–आदिवासी जातिहरुप्रति असमान विभेद गर्ने र उपेक्षा गर्ने राज्य देशहरु अहिले तर्सिन पुगेका छन् की, उनी जस्तै अरुहरु जागे भने के गर्ने ? उनको यो सांस्कृतिक विद्रोहताको सिम्बोलिक बमब्लाष्टिङको छर्राले अहिले आदिवासी समुदाय माथि अल्पसंख्यक जातिहरु भन्दै उनीहरुको सांस्कृतिक पहिचान र सभ्यताहरु माथि दमन र शोषण गर्ने त्यो मुलुक÷देशहरु अहिले घाईते जस्तै देखिन पुगेकोछ ।

त्यो फुच्ची संसद को थिईन.?

न्युजिल्यान्ड देशकी उनी माओरी भन्ने अल्पसंख्यक आदिवासी समुदायकी छोरी हुन् । उनको पूरापुर नामचेन् हाना–रविती माईपी क्लार्क हो । जुन देशको संसदीय इतिहासमा एकसय ७० वर्षपछि सप्पोई भन्दा तरुण कान्छी उमेरकी संसदको रूपमा गत वर्षको (२०२३) निर्वाचन जितेकी हुन् । टिनेजर उमेर उकालो मात्र काढ्दै गर्दा उनी अहिले २१ वर्षकी संसद प्रतिनिधि बन्न पुगेकी हुन । त्यहीँ २१ वर्षकी एउटी फुच्ची केटीले संसद सभाको रोष्ट्रममा सांस्कृतिक गीति भावभंगी मार्फत सौन्दर्यात्मक आक्रोश पोखेकी थिईन् । जुन विम्वात्मक सांस्कृतिक आकोश पूर्ण अभिव्यक्तिले संसार र सञ्चार जगतमा भुईचालो नै ल्याइदिएको छ । क्षणभर मै फुच्ची केटी हानाको सम्बोधनले विश्व हल्लिएकोछ । उनको चर्चा विद्युतीय तरंग झैं एक सेकेण्ड मै संसारभरको ध्यान खिच्न पुग्यो र हाना उनै राजनीति सत्ताधारी शासकहरुको ध्यानाकर्षण गराउँन सफल बनिन् । उनी रातारात आम–सञ्चारमा आँतक मच्चाए जसरी आई रहिन् र छाई रहिन् । आम–सञ्चार र छापाहरुमा उनी पोष्टरगर्लको रूपमा चर्चा–परिचर्चाहरुले उस्तै चुलिँन्दो र चुली रहेकी छिन् ।


संसद रोष्ट्रममा उनको रौंद्र भावभंगी र हाका

जब हाना संसद सभाको रोष्ट्रममा उभिन्छन् । उनको सुन्दर चेहेरामा सौम्य रौंद्र रुप विस्तारै– विस्तारै पुलकित हुँदै जान्छ । र, त्यो चेहेरामा उनलाई देख्दा र चिहाउँदाचेन् कतै डिप्रेसनमा परेकी मानसिक रोगी भएकी हुन् की भन्ने आभाष झैं मुखरित हुन्छ । उनको अधर (ओठ) बाट एउटा् अस्पुष्ट आवाज भित्रैबाट भुन्भुनाउँदै निस्कन थाल्छ । त्यो आवाज सँगसँगै दुवै हातहरु यताउती उचाल्दै जान्छिन् । आवाजको भोलुम शनैःशनैः बढ्दै जान्छ । आखिर त्यो आवाज लय÷गीति भाकामा बदलिन्दै गएको देखिन्छ/सुनिन्छ । उनी जति जति गीति भावहरुमा कराउँदै, चिच्याउँदैं जान्छिन्, उनको दाहिने उतिउति गोमन सर्पले आफ्नो टाउको फणा पारे झैं डरलाग्दो रुपधारणमा देख्न सकिन्थ्यो ।

उनी जतिजति आक्रोशमा लयबद्व गाउँदै जाने गर्थिन्, उति नै लयबद्व स्वरका आवाजहरु प्ल्स थपिन्दो सुनिन्थ्यो । जुन उनको आवाजको लयहरुमा, हामाहाः लयबद्व श्वर मिश्रण थपिदिनेहरु अरु कोही नभएर उनै आदिवासी माओरी संसदहरु र दर्शक दीर्घामा रहेका तिनै माओरी समुदायहरु थिए, हुन् । अन्तः त्यो गीति भाका भनेको उनेरुँको एक हाका सांस्कृतिक सभ्यताको पहिचानी निशानी संस्कृति रहेछ । जस्तो याक्थुङ लिम्बू जाति÷समुदायको केःलाङ (च्याब्रुङ), याःराक्मा (धाननाच) पाःलाम साम्लोमा गरे जस्तै सांस्कृतिक अभिव्यक्ति रहेछ भन्ने बुझ्नु पर्नेहुन्छ । मतलव अन्य हामेरुँको आदिवासी समुदायको सांस्कृतिक झाँकीहरु भए जस्तै, ठ्याक्कै त्यहीँ हो । संसद हानाले जब गीति लयको भाकाहरुमा त्यो हाका गाउँन थाल्छिन्, संसदहल गुञ्जयमान हुन्छ । सप्पोई संसदहरु तीनदाङ पर्छन् । उनेरुँको चेहेरामा ईरिटेड रोष कवै देखिनन् । बरु मुस्कुराउट हार्दिकता नै देखिन्छन् । संसदहरुमा पहिलोपटक अल्पसंख्यक समुदाय जातिको प्रतिनिधित्व गरेकी एउटी फुच्ची केटीको त्यो अदम्य शाहस र सांस्कृतिक ऐंलानेजंगले त्यो देशको राष्ट्रियता र कथित आफुहरुलाई सभ्रान्त शासक ठान्ने कुहिरे÷गोरा जातिहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमै लज्जाको विषय बन्न पुग्यो, कठै..!

अतः त्यो हाका संस्कृति भनेको उनेरुँको एउटा सिम्बोलिक अव्यक्त गर्ने अभिव्यक्ति कला कौशलताको सांस्कृतिक झाँकी प्रहशन रहेछ । त्यो नृत्यङगाना कलाहरुको साथ लयभाकामा गीत पनि गाउँने चलन रहेछ । संसद हानाले त्यहीँ गीत मार्फत देख्दा र सुन्दाचेन् अर्थहिन् भावशैलीमा बेतुक कराए झैं जस्तो लाग्ने त्यो गीति भाषणको प्रक्षेपणमा, वास्तवमा आफ्नो माओरी समुदायको पुस्ता– दरपुस्ताहरुले भोग्दै आएको नियतिको अत्याचार दमन र ठिट्लाग्दो कहरहरुको कथन लुकेको रहेछ । बाःसुन्दै नि अत्यास कहाली लागेर आउँने रहेछ हो, लैलै..! अतः आदिवासी माओरी समुदायको उक्त हाकामा भीषण युद्व गीतको वारुद ओकल्न्छिन् । आफ्नो समुदायको सात सय वर्ष पुरानो इतिहास बोकेको राज्य सत्ता, आप्रवासी ती कुहिरे गोराहरुले खोसेको दर्दनाक आत्मा पीडानुभावको आक्रोस र बद्लावको ऐंलान उक्त हाना गीत मार्फत च्यालेञ्जिङ हाँक दिएकी हुन् । उक्त प्रस्तुत हाका गीतमा उनले आफ्नो समुदायको खोसिएको जमिन, राज्य सत्ता र ऐतिहासिकता बोकेको विरासतलाई पुनर्वहाली गराई आफ्नो समुदायमा स्थापित गरेरै छाड्ने र जसको खातिर मृत्युपर्यन्त लडिरहने संकल्प ऐंलान गरेकी छिन् । त्यो गीत मार्फत अझै हानाले निर्वाचनमा आफूलाई मतदान गर्नुहुने आफ्नो समुदायलाई भनेकी छन् की, म यहाँहरु कै लागि अग्राधिकारको लागि लडेरै मर्नेछु र तपाईंहरुकै हक अधिकार र न्यायको लागि पनि बाँचिरहने छु । बाफरे…! संसदहलमा यत्तिको हाका मार्फत गीतको शब्दभावहरुमा सत्ताका शासकहरु विरुद्ध आगो ओकल्दा, दर्शक दिर्घामा बसेका माओरी समुदायले झनै उत्तेजक शैलीमा साथ सपोर्टको उर्जाशिल आक्रोश पोखेथेँ ।


फिरः भन्नुपर्दा, हाका आफैमा उनेरुँको युद्वपोतको कला झल्किन्दो रहेछ । त्यसमा हात र जमिनमा टेक्दाको खुट्टाको चालहरु देख्दा ज्यादै डरलाग्दो हुने र अनुहारमा देखिने आक्रमक विर्दुप रुपले वीरगाथा झल्काउँने र आत्मावोध गराउँने भएको कारण यो हाका, माओरी समुदायको हकमा विश्वब्यापी सांस्कृतिक सभ्यताको परिचय बन्न पुगेको छ । तथापी यो विविध प्रकारको लय र भाकाहरुमा बाँडिएको हाका मध्ये यो चाहीँ ई को ते तु, विधालाई हानाले संसदमा गाएकी हुन् । जसले एकाता र आत्मा सम्मानको सम्मोहन जागृत गराउँने गर्छ । अतः यो हाकाले ऐतिहासिक कथा, सांस्कृतिक गौरव अनि पहिचानको सभ्यताहरु झल्काउँने वा परशत्रुहरुलाई हाँक र चुनौती दिन पनि गाइने हाकाको एउटै कय र शब्दभावहरुले प्रस्तुत सन्दर्भको आधारमा भिन्न अर्थ पनि राख्न सक्छ भनिन्छ ।

अपितुः हाका आफैमा सांस्कृतिक अभिव्यक्तिको सिम्बोलिक रुप हो । यसले आफ्नो आदिम पुर्खाहरुसँगै जोड्छ र आफ्नो समुदाय भित्र देखिने नातागोताको मियो झनै् शक्तिशाली बनाई दिन्छ । जवकी यस्तो सवेदनशील मानवीय सांस्कृतिक महत्व बोकेको हाकालाई, संसद हानाले आक्रमक शैलीमा गीति अभिव्यक्ति मार्फत सौन्दर्यात्मक बारुदी दृष्टिकोण विछ्याई दिइन् । जसको कारण आफ्नो देशमा मात्र होईन, विश्व भु–राजनीतिमा, मुल आदिवासी जनजाति र सिमान्तकृत सल्वार्टन वर्ग, समुदाय र जातिहरुमा एउटा नयाँ तरंग र डरलाग्दो विद्रोहताको विजारोपण गर्नपनि सफल बनेकी छन् । अन्ततः त्यो हाका भाकाले संसद् हल मात्रै थर्काउँदैन की, त्यहाँको सत्ताधारी संसद र शासकहरु कै मुटु र शासकीय सत्ताको पिल्लरहरु नै हल्लाउँने गरी थर्काई दिएकी छन् । अतः यस्तो शक्तिशाली फुच्ची संसद हाना, न्युजिल्यान्डको राजनीति सत्ताको इतिहासमै पहिलोपटक उदाएकी हुन् ।

माओरी समुदायको राजनीति विरासत र कहर

अन्तः यी आदिवासी माओरी समुदाय पोलिनेसियनका वंशजका रूपमा स्विकारिन्छन् । आदिम् पुर्खाहरु पहिले कुशल श्रम नाविक थिए भन्नेछ । यिनीहरु हजार वर्ष अघि नै प्रशान्त महासागर पारहरु गर्दै, न्युजिल्यान्ड आइपुगेको हो भन्ने प्रमाण र कथन छ । आफ्नो फरक जीवनशैली र सभ्यताको पहिचानको साथ न्युजिल्यान्डको टापुमा स्थायी बस्दै आएका, यी समुदायलाई बेलायती तथा अन्य अप्रवासी युरोपीयन मुलुकहरुले अतिक्रमणमा पेलिएका थिएँ । उनेरुँबीच हिंसात्मक युद्ध पनि भएथ्यो । जुन युद्धमा माओरी समुदायले असंख्य मात्रामा धेरैले ज्यान गुमाउँनु परेको थियो । विभिन्न कालखण्डमा आप्रवासी कुहिरे गोरोहरुसँग हिंसात्मक द्वन्द्व चर्किरहँन्दाताक दुवै समूहबीचको समुदायहरु सन १९४० देखि ७० सम्ममा असंख्य मात्रामा मारिएका र हताहत भएको पुष्टि गरिएकोछ ।

उस बेलाको महामारी दादुरा, ईन्फुलुएन्जा भन्ने रोगब्यधीहरुले यी समुदायहरुलाई झनै दूरगामी विनाशकारी असर पार्यो भन्नेछ । पछिल्लो राजनीति घट्नाक्रम यता न्युजिल्यान्ड शासकहरुले यी समुदाय राज्य सत्ता विमुख ओझेल र अन्यायमा परेको यसो चासो राख्न खोजेको बहाना देखाएथे । र सन १८४० मा वेलायती राजा र रानी भिक्टोरियाको साथ माओरी समुदायको प्रमुख बीच ते तिरिती ओ वैतांगी भन्ने वैताङगी सन्धि गर्ने सम्झौंता गरे र दस्तखत गरेथे । जुन सन्धिले माओरी भूमि अधिकार र सांस्कृतिक स्वायत्तताको संरक्षण सम्बद्र्धन गर्ने संकल्पित प्रतिज्ञा गरेको मानिन्छ । तर, दुर्भाग्य त्यो वैतांगीको सन्धि कहिल्यै कार्यान्वयन हुन सकेन । जसको खोसिएको जमिन कहिल्यै फिर्ता पाएनन् । अन्तः त्यहीँ शासकीय हेपाहाँ प्रवृत्तिको आक्रोशमा संसदमा गाएको हाका गीतमा करिबन १२ लाख हेक्टर जमिन हडपेको भन्ने हानाले शासकहरुलाई, फ्ल्यासब्याकमा उनेरुँको त्यो खप्परमा सोला हान्नेगरी दनक दिएकी हुन् ।

पछिल्लो दशकसम्म आइपुग्दा यी माओरीले आफ्नो राजनीति चेतनास्तरलाई अग्राधिकार बारे बोल्न र चुनौती दिनसक्ने राजनीति शक्तिको रूपमा उभिन्दै आएको देखिन्छन् । फेरि औपनिवेशिकताले थोपरेको बाधा अड्चनको पर्खालहरु तोड्न अन्याय अत्याचारहरु सहेर नि, आफ्नो भाषा, कला र संस्कृतिप्रतिको रीतिरिवाज अनि परम्पराको संरक्षण र पुनः उत्थानमा उत्तिकै मिहिनेत गरेको देख्न सकिन्छ । उनेरुँको ते रे माओरी भाषालाई कम्तिमा शासकहरुको दमनकारी कठोर नीतिहरुबाट पनि जसै बचाउँदै ल्याउँनमा सफल देखिन्दै आएका छन् । यो उनेरुँको हकमा आउँदो पुस्ताहरुमा पुस्तान्तरण गर्दै लैजाने अभियान नै हो । जसलाई फुच्ची केटी भनियो, उनै संसद हाना त्यैसै विरासतको शक्तिशाली पुस्तान्तरणको स्वरुप हो यो ।

यिनै फुच्ची केटीको पुस्तामा आइपुग्दा, न्युजिल्यान्डमा यी माओरी समुदायलको कायाचोला र सत्तापलट् हुनसक्ने संकेत संसद हानाको कठोर संकल्पित राजनीति प्रतिज्ञाले र त्यो हिंग्सले छनक् अनि आभाष दिलाई दिई सक्यो । खैरः न्युजिल्यान्डमा यी समुदाय ९ लाख संख्याको हाराहारीमा छन् । यो देशको कुल जनसंख्याको १६.५ प्रतिशत हो । देशले अल्पसंख्यक समुदाय जातिको रूपमा दर्ज गरेपनि, राजनीति सचेतना बढ्दै गएपछि यिनीहरु शक्तिशालीको रूपमा संगठित हुँदै गएका छन् ।

फिरः यिनले राजनीति रूपले संगठित हुन विस्तार गर्न आफ्नै माओरी दल पनि (सन २००४) स्थापना गरिसकेका छन् । जसको संस्थापक नेता भने, लेवर पार्टीको पूर्व सदस्य डेम तारियाना टुरिया र शैक्षिक क्षेत्रका सम्मानित व्यक्तित्व तथा सामुदायिक नेता पिटा शार्पल्सले गरेका थिए । यी द्वय नेताहरु माओरी समुदाय कै हुन् । वास्तवमा सामुन्द्रीक जमिन सम्बन्धि विवादास्पद ऐंनलाई तत्कालीन न्युजिल्यान्ड सरकारले अनुमोदन गर्न ल्याएपछि नै त्यसको विरुद्ध उभिन र प्रतिवाद स्वरुप विरोध गर्न उसताका यी समुदाय संगठित हुने दलको जन्म भएको हो ।

त्यो समय वौतांगी अभिसन्धिलाई निरिहय एवं पतन गराउँन ऐंन ल्याईएको थियो । त्यसको विरुद्ध अभियान चलाउँननै दल खोले र आफ्नो समुदायमा व्यापक अपिल गरेथे । त्यहीँ अभियानले पनि माओरी समुदायमा राजनीति अग्रधिकारको चेत खुल्दै गएको समिक्षात्मक मुल्यांकन गरिएकोछ । अन्तः फिर उनै फुच्ची केटी, जो हाना संसदमा बाहुवली जस्तै शक्तिशाली देखिने प्रभावले उनलाई सत्ताधारी पार्टीले आफ्नो पार्टीको सदस्यता ग्रहण गरि राजनीति कद उँचो बनाउँन लोभहरु देखाउँदै आग्रह गरेका थिए । तर त्यसलाई ठाडै अस्विकार गर्दै उनी आफ्नै समुदायको हक हित र उत्थानको निमित्त लड्ने माओरी पार्टी नै अंगाल्न पुगेकी हुन् । जुन पार्टीबाट उनले गत वर्षको निर्वाचन (सन २०२३) लडिन् र लोकप्रीय मतको साथ विजयी पनि बनेकी हुन् ।


परन्तुः पार्टी स्थापना लगतैको तत्कालीन अवस्थाको निर्वाचनमा (सन २००५) पनि चार सीट जितेर संसदमा एउटा राजनीति बलियो शक्तिको रूपमा उदय भएको थियो । त्यसको प्रभावपछि यो सत्ता गठबन्धनमा तत्कालीन प्रधानमन्त्री जीन किको नेतृत्वमा (सन २००८) नेशनल पार्टीसंग मिलेर सरकार बनाएथ्यो । अफसोंच माओरी पार्टी सरकारमा सामेल भएपनि उसले आफ्नो पार्टीको नीतिगत सिद्धान्त र समुदायको खातिर केहीँ पनि माखो मार्न सकेन । खाली सत्तालिप्साको मोह लोभमा फसेको भन्दै चौतर्फी आफ्नै पार्टीको बहुमत सदस्यहरुले र समुदायको चर्को विरोधको सामना गर्नुपरेको थियो । जसको असर र परिणाम स्वरुप अर्को चुनावको नतिजाले भने दुई सिट्मा खुम्च्याई दियो ।

आफ्नो समुदायको मत परिणामको सजाय पाएपछि, नेताहरुले गल्ती गरेको आत्मालोचना सहित क्षमायाचना माग्दै पुनः माओरी दलका नेताहरु संगठन सचेतना र सुदृढीकरणमा दिलोज्यान लागेथें । जसको परिणाम स्वरुप गत सालको निर्वाचनमा (सन २०२३) दलले अहिलेसम्मकै सर्वाधिक ६ सिट ल्याएर फेरि एक पटक माओरी समुदाय संसदमा झन्ै बलियो राजनीति शक्तिको रूपमा उभिन पुगेकोछ । उनै फुच्ची केटी उर्फ हाना यहीँ संसदमा नेल्शन मण्डेलाको प्रतिविम्बमा बाहुवली जस्तै बनेर आफ्नो माओरी समुदायको मुक्तिदाता बन्ने दृढ संकल्पको साथ प्रतिज्ञा कवुल बाचा कसम खाएकी छिन् । अबको दिनहरु यता न्युजिल्यान्डको संसदमा सबै भन्दा कान्छी उमेरकी संसद बनेकी, फुच्ची केटी हानाको राजनीतिक यात्राले र न्युजिल्यान्डले कस्तो राजनीति मोड लिन्दै जान्छ ? त्यो आम चासो र चिन्ताको विषय बन्न पुगेको देखिन्छ/सुनिन्छन् ।

नेपालको आदिवासी संसदहरु जिउँदा की मुर्दाहरु हुन् ?

हामीहरुको देशको कथित आदिवासी नेताहरु न्युजिल्यान्डकी त्यो फुच्ची केटी हाना जस्तो बन्ने ल्याकत राख्न कति औं पटक कायाचोला फेर्नुपर्ने हो ? यो कलमी हस्ताक्षर स्तम्भकारले जब उनै हानाको सांस्कृतिक हाका गीति मार्फत दिएकी रोषपूर्ण अभिव्यक्ति भिडियो क्लिप्सहरुमा हेरे । फुच्ची संसद भनिने त्यो केटीको सांस्कृतिक विद्रोहताको ऐंलान गरेको सम्बोधनको दृश्यहरुले साच्चिकै स्तब्ध र मर्माहत बनाउँछ । त्योसँगै उनी जस्तै आगो ओकल्ने उर्जाको शक्ति पनि दिलाउँन खोज्छ । दुर्भाग्य संसद हलमा हामीहरुको आदिवासी संसद नेताहरुको उपस्थिति र अनुहारहरु हेर्यो भने, सोकेसका डमिहरु हुन् की ज्युँदा मान्छेहरु हुन् भ्योउ पाउँन र ठम्याउँन नै गार्हो–गार्हो हुँदैं छ । जो जिउँदा हो या मुर्दा हुन् ? उनै फुच्ची केटी हानको सम्मुख येनारुँ श्वास धान्ने प्राणीहरु हुन् भनेर औंल्याईएर भन्न पनि लाजमर्दो हुने भो ।


अन्तः आदिवासी जनजाति प्रतिनिधि संसद नेताहरु भन्नलाई पनि आफैलाई अप्ठ्यारो र असहज लाग्न थालेको छ । झन्ै न्युजिल्यान्डको संसदहलमा फुच्ची हानाले बारुदी आगो ओकलेपछि त, यी आदिवासी ट्याग लागेका सरकारका मन्त्रीहरू र संसदीय नेताहरु लगभग–लगभग मरेकै मुर्दाहरु जस्तै न हुन् । आदिवासी संसद र नेता भनेको यथार्थमा कस्तो हुनुपर्ने रहेछ ? भन्ने आत्मावोधचेन् यिनै फुच्ची केटी भनिने हानले सिकाईन् । आफ्नो जाति र समुदायको राजनीति हक र अग्रधिकारको खातिर के गर्नसम्म सक्नुपर्छ ? भन्ने संसदीय अभ्यासमा त्यो नैतिक पाठ पनि सिकाउँन भ्याइएकी छिन् । फुच्ची संसद नेता, आफ्नो देशको संसद हलमा रोष्ट्रमको कठ्घरामा उभिएर दिएको अनौंठौ अभिव्यक्ति सम्बोधन गरेको चौविस घण्टा नबित्दै संसार हल्लिसकेको थियो । उनको त्यो सांस्कृतिक ऐंलानजंगको हाँक र च्यालेञ्जले आम सञ्चार र जगतमा सनसनी कोलाहल मच्चाई सकेथ्यो । युटुव च्यानलहरुमा फुच्ची संसदको भिडियो क्लिप्सहरु क्षणभर मै टेण्डिङहरुमा उनिन तँछाड–मँछाडमा देखिएका थिए । यो टेण्डिङ अभियान यात्राको दौडानले युटुवमा निरन्तर बाजी मारिरहेकोछ । त्यो फुच्ची संसद केटी विश्व राजनीति रंगमञ्चमा रातारात लोकप्रिय चर्चा बटुल्न सफल बनिन् । यता यो देशको आदिवासी मन्त्रीहरु र नेताहरुको कदंकदाचित संसदमा चर्चाहरु चले की, भ्रष्टाचार गरे, कि त यौंनकाण्ड मच्चाएको व्यापक हल्ला चल्छ । कि त सुन तस्करी गरेको न्युज कभरले चर्चा बटुलेको हुने गर्छ ।

कतै उत्पट्याङ विवादास्पद बोलेर चर्चा कमाउँने भोकमारी टोपल्छन् । यिनै आदिवासी जनजाति नामधारी दलीय पार्टीहरुको संसद, मन्त्री र तिनको कार्यकर्ता बनेका यी सप्पोई नेताहरु (अपवाद बाहेक) बाहुनवादी सत्ताको सुसारे दासीहरु हुन् । मतलब कमरा कमारीहरु जस्तै हुन् । यो देशको कम्लरीहरु भए जस्तै हो यी नेताहरु । कथित आदिवासी समुदायको कोखबाट जन्म मात्र लिएका हुन् । येनारुँ आफ्नो समुदाय र उसको अस्तित्व रक्षार्थ पहिचानको प्रतिनिधित्व गर्ने आधिकारिक पात्र ऊ र उनेरुँ एकरत्ति होइनन् के । मात्र कथित उनै अति हिन्दु बाहुनवादीहरुको पक्ष पोषण गर्ने र आफ्नै जाति समुदाय र वर्गहरुको शोषण दमन गर्ने भक्षकहरु जस्तै हुन् । आफ्नो पुर्खाहरुले निर्माण गरेको भुमि र राज्य सत्ता खोसेर, लुटेर कब्जामा लिए अनि आफैं नै ती लुटेराहरुको बाहुनवादी सत्तामा धुपाउरे र शिष्यको रूपमा कसरी सेवक बन्ने स्वभिमान राख्न सकेका हुन् उनै फुच्ची केटी हाना नेपालको संसदमा भएकी भए आदिवासी पहिचान बोकेका तेमेरुँ संसदीय नेता र मन्त्री बनेकाहरुको अनुहारभरी कति थुकी दिन्थिन् होला । आफै मालिक र शासक बन्न सक्ने साहस र आँट गर्न नसक्ने हुत्तिहाराहरु हो, तेमेरुँ सप्पोई त्यो सप्तकोशीमा आफै हाम फालेर मर । नभए आ–आफ्नै समुदायहरुले फाली दिऔं÷फालौं भन्ने कठोर अभिव्यक्तिको आगो ओकल्थिईन् होला सायद । यसताका उनै फुच्ची संसद हानालाई बेश्कनै सम्झिरहेको छु ।

स्मरण गरौं की, हामेरुँको आदिवासी अनुहार बोकेका कथित नेताहरु संघ र प्रदेशमा कति संसदहरु होलान् ? अन्तः तेनारुँले कहिल्यै आफ्नो समुदायको हक अधिकार र भाषा, कला, संस्कृति अनि भूमि र सत्ताको आवाजहरु संसद सभाको रोष्ट्रममा उभिएर न्युजिल्यान्डकी उनै फुच्ची संसद बनेकी केटी हाना जस्तो आगो ओकल्दै कतै बोल्यौ ? के बोल्थ्यौ ? कथित बाहुनवादी सत्ता लिप्सामा आफ्नै समुदाय माथि विषवमन गर्नेहरुले हाना जस्तो बोल्ने तागत बटुल्न त येनारुँले चौरासी लाख जुनीको चोला फेर्दा नि सक्ने छैनन् ।

नेपाली राजनीतिमा आदिवासी पहिचानको मुद्दामा संसदको रोष्ट्रमको कठ्घरामा उभिएर तिनै बाहुनवादी सत्ताका रक्तपिपासु अघोरी बनेका उनै आदिवासी नेताहरुलाई र अति हिन्दुबाहुनवादी बनेका नेताहरुको अनुहारभरी थुकी दिएर ऐलानेजंगको हाँक दिन सक्ने त्यस्तो संसद नेताचेन् चाहिएको हो । दुर्भाग्य हामेरुँको आदिवासी पहिचानको ट्याग बोकेका कोही संसद नेतृ बनेकाहरु, आफ्नै गोलपोष्टमा जानाजान आत्माघाति गोल गर्छन् र संसदको रोष्ट्रममा गोहीको आँशुहरु चुहाउँदै रुदैं–रुदैं लिम्बुवान र भूमिको नामचेन् जसै ओकल्छिन् । अन्ततः अफसोंच तिनै लिम्बुवान बोर्ड नामेट गर्नेहरुकै प्लेटफर्ममा उभिन पुग्छिन् । यथार्थमा उनको पहिचानी राजनीति मुद्दाको गेमचेन् म्याच फिक्सिङथ्यो । मात्र त्यो फगत एउटा नौटंकी भएएथ्यो । जो आफ्नै घर जलाउँने आदेश दिएर आफै पिठ्युँ सेक्ने काम गरिन् । जो जलाउँने बाहुनवादी सरकार कै क्याविनेटको खास विशेष रखवरी गरिन् । अन्तः उनै फुच्ची केटी हाना भएकी भए आत्माघाती गोलपोष्ट गर्नेलाई जगटाएर उल्टै त्यहीँ बाहुनवादी शासकहरुको गोलपोष्टमा उनैलाई गोल वनाएर सिधै छिराई दिन्थिइन् होला भन्ने, आत्मारतिमा कल्पनाशिल गरिटोपल्छ यो कलमी स्तम्भकार ।

एकताका एमालेका संसद बनेका डम्बर सम्बाहाम्फेले संसद हलमा आफ्नो याक्थुङ÷लिम्बु भाषा मार्फत सम्बोधन गरेथे । त्यो उनको र लिम्बू समुदायको हकमा पहिलो ऐतिहासिक रेकर्ड ब्रेक थियो । लिम्बू समुदायले खुकेरै स्याबासी दिए । उसताका यिनै ओलीचेन् पार्टी प्रमुख भएकोथे भने, यीनको कालभैरव बनि सक्थे । धन्न माकुने.(माधवकुमार नेपाल) थिए । र उनको संसद अनि पार्टी सदस्यता बाँच्यो । तथापी आफ्नो भाषामा संसद हलमा सम्बोधन गर्नेहरुमा उनी पहिलो भने रत्ति होईनन् । उनी भन्दा अगुवाहरु मधेसी नेताहरु हुन् । उसताक् सदभावाना पार्टीको नेताहरुले संसदको रोष्ट्रममा हिन्दी भाषामा सम्बोधन गर्दा, कथित राष्ट्रवादी बनेका कांग्रेस, एमालेका बाहुनवादी नेताहरुले चर्को विरोधमा संसद अवरुद्व गर्दै उत्पात मच्याएका थिए । संसदमा ६ सिट ल्याएका मधेसी संसदहरुलाई यी बाहुन क्षेत्री संसद बनेकाहरुले हँदै हेपेका थिए ।

फेरि पछिचेन् रेडियो नेपालमा हिन्दी भाषामा समाचार प्रसारण गर्न थालिएकोथ्यो । जसको समाचार वाचिका भने आफ्नै संसद गुमाएकी उनै नेतृ सरिता गिरी थिईन् । अन्ततः देश संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थापनार्थपछि भने अहिले आ–आफ्नो मातृभाषाहरुमा संसदको सफथ ग्रहण गर्ने, खानेहरु बग्रेल्ती थपिएका छन् । पहिलो पटक मातृभाषा मैथलीमा मन्त्री पदभारको सफथ खाने माओवादीका मातृका यादव होलान् सायद । त्यसपछि यता अहिले आदिवासी पहिचान र भाषा, कला र संस्कृतिको उत्थानार्थ राजनीति विकासको सिन्काे नभाँच्ने तर आफ्नो जातीय अस्तित्वको भेषभुषामा चिटिक्क सजिएर लोकको अगाडि तमासा देखाएर सफथ ग्रहण गर्ने कथित आदिवासी जनजाति संसदहरुको एउटा लर्कोनै लागेको देखिन्छन्, बरा..!


फिर भन्नुपर्दा, लिम्बुवान प्राप्तिको खातिर खाँटी ओर्जिनल पार्टी बनेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बनेथ्यो । त्यहीँ मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चबाट, संविधान सभाको आम निर्वाचनमा (२०६४) समानुपातिक कोटा मार्फत दुई जना संसद पठाएको थियो । एक महिला चौधरी थिइन् भने अर्का एक लिम्बू केटो थियो । अहिले त यी दुईकै नामहरु यो कलमीको मानसपट्लमै छैनन् । संसदमा लिम्बू केटोभन्दा त त्यो चौधरी थारुनी संसदहलमा कडा नै बोल्थिईन् । अन्तः संसदहलमा बाघ जस्तो गर्जन पठाएको संसद बनेको त्यो लिम्बू केटो के को बाघ भएर जान्थ्यो ? र गर्जनु नि ? ऊ त स्यालको रूप धारणमा मुन्टिन्दो रछ र म त लगंडोछु, बैशाखी टेक्न संसदको राहत कोष चाहियो भन्दै भिक्षा पो मागी बस्दो रहेछ । आफ्नो पहिचानको लिम्बुवान भूमि मुक्ति र राज्यसत्ताको प्राप्तिको निम्ति बाघ बनाएर पठाएको केटोले त, लगंडो भएको बहानामा खाली सिदामात्र मागी बस्दोरछ । भ्रष्ट्र बाहुनवादी शासकेहरुको संसद कोषको सिदा पाएपछि त्यो लिम्बू केटोले आफू सम्बद्ध सलोराम.पार्टीको संसद नभएको भन्दै दोस्रो राजनीतिक पार्टीको नाम न्वारन गर्यो र एक्लै संसदीय दलको नेता बनी टोपलेर पजेंरो गाडिमा मस्तीका साथ हुईंकी रहयो । भन्नुपर्दा यो लिम्बू केटोलाई धरान मेयरको भाषामाचेन् उसको सातोले हंश छुट्नेगरी सुघाईँ दिनुपर्नेथ्यो के । पहिचानवादको लिम्बुवानी आन्दोलन गर्ने नेताहरुमा र संसद बनि टोपलेकालेहरुले (अपवाद बाहेक) त्यस्ता अनेकौं विचलनहरु आए/ल्याए । कुनै मानवीय राजनीतिचेतको संस्कार पालना गर्ने इत्छा शक्ति देखाएनन्, कठै..!

नेपाली राजनीति इतिहासमा आदिवासी नेताहरु देशको शासकीय सत्ताको उच्च ओहोदामा नपुग्ने शायदै होलान् । परन्तुः ती सप्पोई नै बाहुनवादको गुलामी बनेर सत्ताभोग गर्नेहरु मात्र थिए/भए । स्व. पद्वमसुन्दर लावती बुढा हुन् या पछिल्लो प्रजातन्त्र प्राप्तिपछिको स्व. सुवासचन्द्र नेम्बाङ हुन् या मुर्दा राजाको अलाप गाउँदै हिड्ने त्यो राजेन्द्र लिङ्देन नै किन नहुन् । यी सप्पोई नै बाहुनवादी दासीहरु हुन् । येनारुँ आदिवासी लिम्बुहरुको बीउचेन् हुँदैं हुन्, तर आफ्नो समुदायको अस्तित्व र पहिचानको मुक्तिको खातिर लड्ने प्रतिनिधित्व गर्ने अभियेन्ता नेताहरु भने रत्ति होईनन्थि/एनन् । अत एवः साँच्चिकै आफ्नो जातीय पहिचान र भूमि मुक्तिको खातिर यी एकल नश्लवादी अतिहिन्दु बाहुनवादी शासकहरु विरुद्ध यदि लड्ने नै हो भने, न्युजिल्यान्ड की फुच्ची केटी हाना जस्तो संसदको कठघरामा उभिएर मुक्तित्व प्राप्ति गरेरै छोड्ने हाँक र च्यालेञ्ज देओं । र अन्तिम संकल्पित प्रतिज्ञा पूरा गर्ने साहस र आँट पनि बटुल । अतः त्यो फुच्ची केटीबाट अब केही त सिक । आफ्नो पहिचानको राजनीतिमा अभियेन्ता नेताहरु, शासकहरु विरुद्ध के कसरी ? उभिनु पर्दोरछ भन्ने चेतपनि सिक्नु पर्यो । नत्र त्यो फुच्ची केटी हानाले न्युजिल्यान्ड देशबाट कुरीकुरी गर्ला । हेक्का राखौं ।

साभारः– माङसेबुङ न्यूज

सम्बन्धित समाचार

दमकमा तीन दिने माेवाइल पत्रकारिता तालिम हुने

दमक,असार ५ । झापाको दमकमा ३ दिने मोबाइल पत्रकारिता तालिम हुने भएको छ । झापा जिल्लाको माइ पश्चिम तथा इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकको साझा संस्था पत्रकार मञ्च दमकको आयोजनामा दमक ८ स्थित मञ्चको सभाहलमा तालिम...

याक्थुङ मुन्चइत् चोक सयङको अध्यक्षमा सागर केरुङ् निर्वाचितः १३ बुँदे प्रस्ताव सार्वजनिक

ललितपुर, ५ असार । याक्थुङ मुन्चइत् चोक सयङको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित् चुम्लुङहिममा सम्पन्न भएको छ । मंगलबार र बुधबार (आज) दुई दिन संचालन भएको कार्यक्रमले सागर केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको...

प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा ११ बुँदे निर्णय सार्वजनिकः मंसिर २ गते विराटनगरमा विशाल जनप्रदर्शन

ताप्लेजुङ, फुङ्लिङ्, २ असार । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । ताप्लेजुङको फुङलिङ बजार स्थित स्नो लियोपार्ड होटलमा बसेको दुई दिने बैठकको अन्तिम दिन...

प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने बैठक बस्दैः राजनैतिक मोर्चा गठनबारे छलफल हुने

ताप्लेजुङ, फुङलिङ् १ असार । ताप्लेजुङको फुङ्लिङस्थत बजारमा प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने भौतिक बैठक आजबाट बस्दैछ । प्रदेश १ को नाम कोशी खारेज गर भन्ने नाराका साथ असार १ र...