पान्थर फेदेनस्थित मेची बाेर्डिङमा लिम्बु भाषा अध्ययन हुने

 लिम्बुवान न्युज
                       

दमक, १४ माघ । फिदिम ४ स्थित मेची इङलिस बोडिङ सूकलमा लिम्बु भाषाको अध्यन/अध्यापन हुनेभएको छ ।

आइतबार उद्घाटन कार्यक्रमको आयोजना गरि सुरु गरिएको हो । त्रिभुवन युनिभर्सिटीका उपप्राध्यापक तथा किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेनको हस्तबहुलीबाट उद्घाटन गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिलेन्द्र सुब्बा, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष तथा प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिङ थेगिम, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरका अध्यक्ष सागर केरुङ, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु, फिदिम वडा नं. ४ का अध्यक्ष उपेन्द्र लावती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस शैक्षिकशत्रमा कक्षा ६ र ७ लाई अध्यापन गराउने र क्रमश कक्षाहरु बढाउदै लैजाने उक्त स्कूलका प्रीन्सिपल सीता सेलिङ्ले बताउनुभयो । भाषा शिक्षिकाको रुपमा अल्पाइन युनिभर्सिटी सिक्किमको लिम्बू डिपार्टमेन्टमा अध्यनरत केसामहाङमा नेम्बाङलाइ नियुक्ति गरिएको सेलिङ्ले बताइन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...