पौष २५ गते याराक्मातेन (धान नाँच पार्क)को उद्घाटन हुने

 लिम्बुवान न्युज
                       


ताप्लेजुङ्, १८ पौष । ताप्लेजुङ बजारको फुङलिङस्थित तोक्मे बजारमा निर्माणधिन ताक्वाचङ याराक्मातेन यालाङ् धान नाँच पार्कको निर्माण अन्तिम चरणमा पुगेको छ । यहि पौष २५ गते तोक्मेडाँडा शनिबारे हटियाको दिन विविध कार्यक्रम गरि सो पार्कको उद्घाटन गरिने भएको हो ।

लिम्बु याक्थुङहरुको ऐतिहासिक पहिचान तथा सांस्कृतिक अस्तित्व कायम राख्न यालाङ (धाननाँच पार्क) निर्माण गरिएको वताइएको छ । किरात याक्थुङ चुम्लुङ प्रवास समिति इजरायलको करिब ५० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गर्न लागिएको ताक्वाचाङ याराक्मातेन निमार्ण उपभोक्ता समिति ताप्लेजुङका संयोजक कृतिमान मादेनले बताउनु भयो ।

किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति ताप्लेजुङको अनुगमन तथा व्यवस्थापनमा निर्मित सो पार्क उद्घाटन कार्यक्रममा चर्चिक कलाकारहरु दिपा सुहाङ, नोगेन लिम्बु, पालाम तथा हास्य कलाकार पुष्पाञ्जली तिलिङ (चपेतीको आमा), द भ्वाइस किट्सकी फाइनलिस्ट रुक्साना लिम्बु, पालाम गायिका सुनिता केदेम लाबुङ र हाक्फारे साम्लो विश्व विजेता अम्बरजङ केदेम, स्थानीय कलाकारहरु सुरज मादेन, सावाला मादेन लगायतको बजेड प्रस्तुतीका साथै यालाङ, केलाङ् लगायत सांस्कृतिक कार्यक्रम समेत उद्घाटनसत्रमा गरिने स्थानीय समाजसेवी नविन पोमूले बताउनु भयो ।

उक्त उद्घाटन कार्यक्रममा सबै पहिचानवादीहरुलाई चुले निम्तो समेत गरिएको समाजसेवी पोमूले बताए । रेडियाे तमाेर, ताप्लेजुङ एफएम र रेडियाे कावेली ले प्रत्यक्ष प्रशारण गर्ने उनले बताएका छन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...