कमल मुन्धुमयकमा तिनदिने कक्फेवा तङनाम मनाईदै

 लिम्बुवान न्युज
                       

दमक, २७ पौष । झापाको दमक पूर्व कमल गाउँपालिका–५स्थित सिम्लेमा अवस्थित मुन्धुमयकमा तिनदिने कम्फेवा तङनाम मनाइने भएको छ ।
किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिकाको आयोजनामा किरातीहरुको नयाँ बर्ष येले तङबे ५०८५ को अवसरमा तङनाम मनाउन लागिएको पत्रकारसम्मेलन मार्फत जानकारी दिइएको हो ।

कियाचू राष्ट्रिय चुम्लुङ सदस्य नरेनहाङ लिम्बु, लिम्बुवान प्रदेश सदस्य दिलकुमार लावती, जिल्ला अध्यक्ष सेसेहाङ फियाक, याक्थुङ युवा मञ्चका केन्द्रीय सदस्य बसन्तराज योङहाङ लगायतको उपस्थितिमा कार्यक्रमस्थल मुन्धुमयकमा पत्रकार सम्मेलनको आयोजना गरि माघ १ देखि ३ गतेसम्म पर्वको रुपमा मनाइने भएको जनाइएको छ ।

याक्थुङ् जातीहरुले कक्फेवा तङनाममा तरुण, गिठ्ठा, भ्याकूर लगायत कन्दमुल पकाएर खाने आफ्नो पितृपुर्खाहरुको सम्झना विभिन्न धार्मिक अनुष्ठान लगायतका कार्यहरु समेत सामुहिक रुपमा भेला भई कार्यक्रम गर्ने परम्पराको थालनी कक्फेवा तङनामको अवसर पारेर गर्ने परम्परा शुरुवात कियाचुले गर्दै आइरहेको जिल्ला अध्यक्ष फियाकले बताएका छन् । माघ १ गते देखि किरातीहरुको नयाँ बर्ष प्रारम्भ भएको हुँदा यसलाई बृहत बनाउँदै किरातीहरु माझ लानको लागि पनि यो पर्वलाई खास महत्व याक्थुङ जातीहरुले दिनुपर्नेमा अध्यक्ष फियाकले जोड दिएका छन् ।

तिनदिनसम्म हुने कार्यक्रममा विविध जातीय झाँकी, सांगीतिक तथा सांस्कृतिक कार्यक्रम, याक्थुङ पालाम, हाक्पारे, ख्याली लगायत खेल तमासा सहित किराती खाना परिकारहरुको पनि प्रदर्शन गरिने कियाचू कमलका सचिव सुक्र लावतीले बताए । कार्यक्रममा झापा, इलाम र मोरङबाट करिब १० हजार भन्दा धेरै सहभागि गराउने लावतीले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...