फक्ताङलुङ आइडल सेक्फूङ–३ काे ग्राण्ड फिनाले माघ २५ र २६ मा हुने

 लिम्बुवान न्युज
                       

दमक, १ माघ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले आगमी माघ २५ र २६ मा हुने भएको छ ।

याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा सञ्चालन भईरहेको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले झापाको कमल गाउँपालिका ५, स्थित आदिबासी रंगशालामा आगामी माघ २५ र २६ गते हुने भएको हो ।

यसैगरी फक्ताङलुङ साँस्किृतिक मञ्च जिल्ला कार्य समिति झापा र सुनसरी साे कार्यक्रमकाे सहआयोजक रहेको छ ।

हाल अनलाइन प्रशिक्षणमा रहेका उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरु ग्राण्ड फिनालेको प्रस्तुतिको लागि तयारी गरिरहेको आयोजक फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन) बताए ।

यसअघि याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ का उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुको एक महिने मुन्धुमी प्रशिक्षण गत मंसिर ७ देखि पुस ७ गते सम्म सम्पन्न भएको थियो ।

उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुलाई एक महिने मुन्धुमी प्रशिक्षण अन्तरगत पहिलो चरणको एकहप्ते मुन्धुमी प्रशिक्षण काठमाडौंमा सम्पन्न भएको थियो । त्यसपछि दोस्रो चरणको मुन्धुमी प्रशिक्षण इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा सम्पन्न भएको थियो ।

यसैगरी तेस्रो चरणको मुन्धुमी प्रशिक्षण लिम्बूवानको दमकमा सम्पन्न भएको थियो । यसरी तीन चरणमा एक महिने प्रशिक्षण सम्पन्न भए पश्चात प्रतियोगी प्रतिभाहरुलाई बिदाई गरेको थियो ।

याक्थुङ फक्ताङलुङ आइडल सेक्फुङ ३ को उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुमा बिजय फागो वनेम, गगन प्रकाश लावती, मनु योङ्हाङ, अशल तुम्रोक, दर्पण शेर्मा(याम्धान), सुनिता योङ्हाङ, अर्जुन नाल्बो, दिलिप माखिम, सन्जित्रा लिम्बु लाफुन र राजेन्द्र सेर्मा रहेका छन ।

रैथाने किरात याक्थुङ गित संगीतको सरक्षण सम्बद्र्धन र बिकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उदेश्यका साथ ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सेर्माले बताए ।

यसैगरी आयोजकले संसारका तुत्तु तुम्याङ, याक्लागेन सुहाङमा, बुद्धिजीवी, मुन्धुम साम्लो अनुरागी शुभेच्छुक सबैलाई सहभागीताको लागि निम्तो समेत गरेको छ ।

पुरस्कारहरु

प्रथमपुरस्कार : नगद रु ५ लाख अडियो र भिडियो एल्बम, बिदेश साँगितिक भ्रमण बिजेताको ट्रफी र प्रमाणपत्र ।

दोस्रो पुरस्कार : नगद रु २ लाख पचास हजार, ४ वटा गित अडियो स्टुडियो ल लिप्सिङ भिडियो र एउटा भिडियो, प्रमाणपत्र र रनरअपको ट्रफी । साँगितिक बिदेश यात्रा दुई देशमा ।

तेस्रो पुरस्कार : नगद १ लाख २५ हजार, ३ वटा साम्लो स्टुडियो भिडियो रेकर्डिङ, एक देशमा बिदेश साँगितिक यात्रा साथै सेकेण्ड रनरअपको ट्रफी र प्रमाणपत्र ।

सान्त्वना पुरस्कार : नगद ६० हजार, २ वटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, ट्रफी र प्रमाणपत्र ।

उत्कृष्ट १० लाई : एउटा एउटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, सब टाइटल साथै आकर्षक गिफ्ट ह्याम्पर र प्रमाणपत्र ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...