तारादेवी १९औैं पुण्य स्मृति भव्य साङ्गीतिक कार्यक्रम

 लिम्बुवान न्युज
                       

ललितपुर, १० माघ । स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृतिको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक
कार्यक्रम आयोजना गरिएको छ । उनको १९औैं पुण्यतिथिमा सम्झनामा तारा देवी नामक स्रष्टा
सम्मान तथा संगीतिक कार्यक्रम जमल स्थित राष्ट्रिय नाच घरमा “सम्झनामा तारा देवी” नामक स्रष्टा
सम्मान तथा संगीतिक कार्यक्रम : समारोह आयोजना गरेको हो।

समारोहमा वरिष्ठ गीतकार गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली र वरिष्ठ लोक
गायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपियाँ र ताम्रपत्र सहित “स्वर किन्र्री स्मृति सम्मान
२०८१” बाट सम्मानित गरेको छ। कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका-गायकले
स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धा सुमन व्यक्त गरेका थिए।

कार्यक्रममा गायिका गीता पाण्डेले स्वर किन्नरी तारा देवीको कालजयी गीत “सुनगाभा जस्तो जिवन”
गाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिए साथै गायिकाहरु ममता गुरुङले “रिमझिम रिमझिम”, गायिका
प्राशन्ना शाक्यले “यो दाग पिरतीको”, गायिका बबिना भट्टराईले “तिमि तिरमा उभी देउ”, वरिष्ठ
गायिका शर्मीला वर्देवाले “आमा भएर बोकी हेर” गायिका जुनु गौतमले “फूलै फूलको मौसम तिमीलाई”
गायिका अन्जुली हमालले “तिमिले दिएका” गायिका रिता के सीले “उकाली ओरालीहरुमा” गायिका सुधा
शेर्पाले “नौ सय खोला तरेर” साथै गायिका सरस्वती मानन्धरले “शुभकामना” गाएर वाहवाही पाएका
थिए ।

विभिन्न गायक गायिकाको समूहले “उसको ममता मेरो” गाएको कार्यक्रममा आस्था कला केन्द्रका
कलाकारहरुले “फूलको थुङगा बहेर गयो गीत” मा कन्टेम्पोरेरी फर्मको नृत्य प्रस्तुत गर्दा अधिकांश
दर्शकका आँखा रसाएका थिए ।

युगल गीतहरु प्रितम गुरुङ तथा अनामिका सिंहले “अँध्यारोंमा एउटा बत्ती, राम विर मानन्धर तथा
त्रितिया गुरुङले “ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो”, रुपक चौधरी तथा झुमा निरौलाले “फूलै फूलको
मौसम” तथा सन्जिव आले मगर तथा अन्जुली हमालले “आज योवनलाई” साथै राजेन्द्र श्रेष्ठ तथा गीता
पाण्डेले “घाममा पनि माया” बेजोड प्रस्तुत गरेका थिए ।

फाउण्डेशनका अध्यक्ष दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव शोभन सायजू
कार्यक्रम संयोजक तथा कोषाध्यक्ष रमेश थापा कार्यक्रम व्यवस्थापक गर्नुभएको थियो।
२००२ साल माघ २ गते जन्मिएका स्वर किन्नरी तारा देवीको माघ ८ गते निधन भएको थियो। उनका
अधिकांश आधुनिक गीत लोकप्रिय छन्।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...