मधेश केन्द्रित आठ दलको एकता संवाद समितिको संवाद शुरु

 लिम्बुवान न्युज
                       


ललितपुर, १७ माघ । मधेश केन्द्रित आठ दलको एकता संवाद समितिको बैठक सुरु भएको छ । आज समितिका प्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा सुरु भएको हो । मधेश केन्द्रित दलहरूले एकताका लागि वार्ता समिति यस अघि नै बनाएका छन् ।

आज बसेको बैठकमा जसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील र तमलोपाका प्रतिनिधि सहभागी छन् । आठ दलबीच मुद्दाकेन्द्रित सहकार्यका लागि छलफल गर्न सबै दलले वार्ता समिति बनाएका हुन् । वार्ता समितिका नेताहरूबीच नै अहिले छलफल चलिरहेको हो ।

बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा र मनिष सुमन रहेका छन् भने नागरिक उन्मुक्तिबाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी छन् ।

यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव र सब्बीर हुसैन तथा तमलोपाबाट वृषेश चन्द्र लाल र विजय सिंह मोर्चाको बैठकमा सहभागी छन् ।

यसअघि जनता प्रगातिशीलले बैठकको आयोजना गरेको थियो । आ–आफ्नो दलमा छलफल गरी पुनः बैठक बसेर मोर्चा निर्माणको विषयलाई ठोस रूपमा दिने सो बैठकले निर्णय गरेको छ । मधेशमा सम्बद्ध दलहरु टुक्राटुक्रा भएपछि पछिल्लो समयमा मधेशमा मधेशी दलहरु अल्पमतमा पर्न थालेपछि वार्ता शुरु भएको वताइएको छ ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...