मधेशकेन्द्रित ८ दलीय माेर्चाले मुक्कुमलुङ आन्दोलनमा जनाए ऐक्यबद्धता

 लिम्बुवान न्युज
                       

ललितपुर, १८ माघ । मधेशकेन्द्रित ८ दलीय मोर्चाले मुक्कुमलुङ आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। शुक्रबार बिहान मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका मोर्चाका नेताहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्।

नेता केशव झाका अनुसार ‘आदिवासी जनजाती जनताले आफ्नो पिता पुर्खाको आत्मा भ्रमण गर्ने पवित्र स्थलको रूपमा रहेको ठाउँमा केबलकार निर्माणले आस्थामाथि ठूलो प्रहार हुने भएकोले त्यसो नगर्न भनी गरेको आन्दोलनमा आठ दलीय मोर्चाले ऐक्यबद्धता जाहेर गरेको छ र राज्य दमनको घोर भर्त्सनासमेत गरेको छ।’

उक्त आन्दोलनमा घाइते भएकाहरू यमबहादुर लिम्बू (तेह्रथुम), धर्मन पालुङ्वा (ताप्लेजुङ), सगुन लावती (पाँचथर) लाई भेटेर मोर्चाका नेताहरूले शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

मोर्चाको तर्फबाट हृदयेश त्रिपाठी, राजकिशोर यादव, सर्बेन्द्र नाथ शुक्ला,राम नरेश राय, केशव झा, रेणु यादव, राम कुमार शर्मा, मनिष सुमन, वृखेष चन्द्र लाल, गंगाराम थारू, शरद सिंह यादव, लक्ष्मण लाल कर्ण, इन्दु सुवेदी, विजय सिंह, सन्तोष मेहता, बुद्ध छिरिङ मोक्तान, मुकेश झा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह अस्पताल पुगेकाे किरात याक्थुङ चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापाेले वताइन् ।

अहिले त्यहाँ केवलकार पुर्‍याउँदा मुक्कुमलुङको ऐतिहासिकता र मौलिकता समाप्त हुने भन्दै आदिवासी जनजाति समुदायले आन्दोलन गरिरहेका छन् । आफूहरूको सांस्कृतिक धरोहर मुक्कुमलुङको ऐतिहासिकता र मौलिकता मेटेर पाथीभरा नाम राखिएको भनेर पनि उनीहरूले विगतदेखि नै असन्तुष्ट रहँदै आएका थिए।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...