मनकुमार लिम्बुले ‘लिम्बुवान आन्दोलन’ स्मरण गराउने कृति प्रकाशनमा ल्याए

 लिम्बुवान न्युज
                       


ललितपुर, १७ पुष । संचारकर्मी, लेखक, खोज अन्वेशक तथा पेशाले शिक्षक मनकुमार लिम्बु आङवुहाङले पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलनमा ‘लिम्बुवान आन्दोलन’लाई समेटेर कृति प्रकाशन गरेका छन् ।

मंसिर १८ गते इलामको माङसेबुङस्थित धर्मगुरु आत्मानन्द लिङदेनको ७२अाैं जन्मोसत्वको अवसरमा गुरुको हस्तवाहुलीबाट कृति सार्वजनिक गरिएको हो ।

२०६२/६३ मा ऐतिहासिक जनआन्दोलन २ सफल भएपछि नेपाली राजनीतिमा अधिकार र पहिचानका निम्ति थुप्रै आन्दोलनहरु भए । यी मध्येको एक हो ‘लिम्बुवान आन्दोलन’ । आदिवासी पहिचान र अधिकारका निम्ति भएको सो आन्दोलन दुई दशकपछि धेरैले बिर्सदैं गएका छन् । तर, लिम्बुवान आन्दोलनलाई स्मरण गराउने ‘पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलनमा लिम्बुवान आन्दोलन सबैभन्दा शसक्त भएको उजागर यो कृतिले गर्ने लेखक लिम्बुको दावी छ ।

आङबुहाङले जनआन्दोलनपछि लिम्बुवान आन्दोलन उठ्न नसक्नुका कारणहरु खोजी गरेका छन् । लिम्बुवान आन्दोलन गर्ने राजनीतिक दल र सामाजिक संघसंस्थाहरु र उनीहरुका मागहरुलाई मिहिन अध्ययन गरेका छन् ।

कृतिमा लिम्बुवान आन्दोलनका क्रममा गरिएका आन्दोलनका गतिविधिहरुलाई चर्चा गरेका छन् । यसैगरी लिम्बुवान आन्दोलनका मागहरु पूरा नभएपनि यसले राजनीतिक, भाषिक र सांस्कृति क्षेत्रमा पु¥याएको सकरात्मक प्रभावलाई उनले सबिस्तार व्याखा गरेका छन् ।

पुस्तकमा आङबुहाङले लिम्बुवान प्राप्ति नहुनु र लिम्बुवान आन्दोलनका कमजोरीहरु फरक ढंगले बिष्लेषण गरेका छन् । आङबुहाङको अनुसन्धनात्मक पुस्तक जनआन्दोलन २ पछि उठेको लिम्बुवान आन्दोलनको संक्षिप्त इतिहास हो ।
यस कृतिलाई माङसेबुङ् पब्लिकेशन एण्ड मेडिया प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य दुई सय ५० रुपैया रहेको छ ।

सम्बन्धित समाचार

प्रा.डा. लावतिले समानुपातिक उम्मेदवार सुचीमा नाम राखिएकोमा जनाए असहमति

ललितपुर, १५ पौष । उज्यालो नेपाल पार्टीका नेता प्रोफेसर डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका बन्दसूचीमा राखिएको आफ्नो नामका विषयमा असहमति जनाएका छन् । उनले उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...