खगेन्द्र यक्सोको चलचित्र ‘लाम्देङमा’को प्रोमो सार्वजनिक
सोमबार, १९ माघ, २०७७ बिहानको ०७:११ बजे,
लिम्बुवान न्युज
माङसेबुङ । गायक खगेन्द्र यक्सोको निर्देशन तथा यामनिङवा योङहाङ र देबेन्द्र चोङबाङको मुख्य अभिनय रहेको चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) को प्रोमो सार्वजनिक गरिएको छ ।
निर्देशक यक्सो, राजेन्द्र लाबुङ र जानुका श्रेष्ठ मगरको संयुक्त निर्माणमा बनेको नेपाली कथानक चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) को प्रोमो युमा आट्र्स युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मेघराज मगरातीको छाँयाङकन तथा सम्पादन रहेको चलचित्रमा टुपेन्द्र येक्तेन, सञ्चमाया वारुमहाङ लाबुङ, दिलिप फुरुम्बो, दिलु सुब्बा, राजेन्द्र लाबुङ, ललिता केदेम लाबुङ, कहरसिं मगर, जानुका श्रेष्ठ मगर, फुलमाया लाबुङ, कल्पना लाबुङ, चन्द्र फुरुम्बो, लाजेमा वारुमहाङ, कमला लिङदेन, आकृति राई, बुद्धिमान पालुङवा, टंक पालुङवा, भुवन पालुङवा, छत्र पालुङवा, जगत पालुङवा, गणेश मगर, साजन फुरुम्बो, स्वीटी मगर, मन कुमार केरुङ, रोमी पालुङवा, सीता तुम्बाहाङफे र सुजन न्यौपानेले समेत अभिनय गरेका छन् ।
दिलीप फुरुम्बोको कथा तथा गीतमा दिलिप फुरुम्बो र मेघराज मगरातीको संगीत साथै दिलिप फुरुम्बो र मनु नेम्बाङको आवाज रहेको चलचित्रलाई वल्ड वाईड इन्टरटेन्टमेन्ट क्रिएशन प्रा.लि.को पोष्ट प्रडक्सन रहेको छ ।
लिम्बु संस्कार संस्कृतिमा आधारित लिम्बु सामाजिक परिवेशको झल्को दिलाउने चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) युमा आट्र्सको प्रस्तुतिमा निर्माण गरिएको हो ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...