चुलाचुली गाउँपालिकाद्वारा प्रशिक्षणकाे लागि खेलसामाग्री हस्तान्तरण

 लिम्बुवान न्युज
                       

चुलाचुली। इलामको चुलाचुली गाँउपालिकाले फूटबल र सितोरियो कराते खेलका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् । आज एक कार्यक्रमका बिच गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राईद्वारा फूटबलका प्रशिक्षक कुमार गिरी र कराँतेका क्रमिक राई, चन्द्र राई, भिम लावती र मनकुमार लिम्बुलाई खेल सामाग्री हस्तान्तरण गरिएको छ ।

आ. ब. २०७७/०७८ को खेलकुद शिर्षक अन्तर्गत फूटबल र कराँतेको लागि ६ वटै वडाका युबा खेलाडीहरूलाई खेल क्षमतामा थप वृद्धि गर्ने उद्देश्यका साथ ३/३ स्थानमा प्रशिक्षण कार्यक्रम गर्न आवश्यक सामानहरु प्रदान गरेको गाउँपालिकाले जनाएको छ । सामान हस्तान्तरण कार्यक्रममा चुलाचुली ५का वडा अध्यक्ष चन्द्र कुमार थापा, ३का अध्यक्ष नरेन्द्र लावती, १ का कार्यबहाक अध्यक्ष सीता लावती र गाउँपालिकाका सामाजिक विकास समिति संयोजक राम प्रसाद राईको पनि उपस्थिति रहेको थियो ।

 

आजै प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिएको जनाइएको छ । फूटबलका लागि वडा नं १, २, ३ र४ को लागि श्री पञ्चकन्या आ. वि. को खेल मैदान त्यसैगरी ५ र ६ को तल्लो भागका लागि चपेटी खेल मैदान र ६ को माथिल्लो भागको लागि साकफारा खेलमैदानमा प्रशिक्षण गरिने जनाइएको छ ।


कराँतेको लागि श्री शिव ज्योति आ. वि. चुलाचुली १को मैदान, किराँतेश्वर मावि चुलाचुली ३ र चपेटै खेल मैदान चुलाचुली ५ गरी तीन स्थानमा प्रशिक्षण गरिने गाउँपालिका अध्यक्ष राईका स्वकिय सचिव सञ्जय राईले जानकारी दिएका छन् ।

(तस्वीर सन्जय राइकाे फेसबुकबाट)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...