लिम्बुवान मिक्लाजुङ् अध्यक्षमा ओम बहादुर चेम्जोङ्

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ। संघीय लिम्बुवान मञ्च, नेपाल मोरङको मिक्लाजुङ् गाउँ अधिवेशन सम्पन्न भएको छ । मिक्लाजुङको धोबेनी बजारमा आयोजित अधिवेशनले ओम बहादुर चेम्जोङकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ ।

आज आयोजित कार्यक्रमले समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण कुरुम्बाङ, उपाध्यक्ष सीता साम्बा, प्रसाद सिं फागो लिम्बु, राजभक्त सङमी लिम्बु, सचिवहरुमा सन कुमार सेन्चुरी, कमल प्रसाद परियार, सह–सचिव गंगा पारघारी, अर्थसचिव तारा फियाक तुम्सा, जगत बहादुर घिमीरे, बाबा तामाङ, सिव खड्का, प्रेम सम्बाहाम्फे, सुर्य तुम्सा, शंकर चेम्जोङ्, फूलमाया सिङ्जागो तुम्सा, प्रतिमा लिम्बु, रामकुमारी राई (लिम्बु), मन कुमार श्रेष्ठ, कविन विश्वकर्मा र सरिता लिम्बु निर्वाचित भएका छन् ।

कार्यक्रममा लिम्बुवानका सचिव राजु राई, सचिवालय सदस्य रामचन्द्र थापा मगर, हर्क लिङदेन, अर्जुन लिङ्देन, मोरङ जिल्ला अध्यक्ष दिलु लिङ्देन र लिम्बुवान भोलेन्टयर्स उप-कमाण्डर गणेश मिभकको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...